सिम्तामा तथ्यांक व्यस्थित सम्बन्धि शाखा प्रमुखसँग छलफल

दुर्गा विसि
कात्तिक ३,सुर्खेत ।
सिम्ता गाउँपालिका भित्रकाे सम्पूर्ण कामकाज कतिकाे सहि ढंगबाट सञ्चालन भएनभएको वारेमा आज अनौपचारिक छलफल कार्यक्रम गरिएको छ । डिजिटल लाइफ र एसिया फाउन्डेसन संस्थाले सिम्ता गाउँपालिकाले नयाँ प्रविधिको लागि कतिकाे तथ्यांकहरु व्यवस्थापन गर्ने गरेको छ ।
कसरी कुन प्रविधि मार्फत गाउँपालिका मातहतका शाखाहरुले डेटाहरु व्यवस्थित राख्ने,चाहेको वेला हेर्ने र दिन सक्ने छन भन्ने विषयमा चासो राखिएको छ ।आर्थिक प्रशासनशाखा,प्रशासन,याेजना,शिक्षा,स्वास्थ,पशु,कृषि ,स्वास्थ्य ,सुचना प्रविधि शाखा प्रमुखहरुले अा आफ्नो शाखाको गतिविधि तथा अावश्यक सुरक्षित तथ्यांकहरु कसरी राख्ने र प्रयोगमा आइरहेको भन्ने वारेमा जानकारी गराएका थिए ।विभिन्न शाखाहरुले छुट्टाछुट्टै सफ्टवेयर प्रयोग गरिरहेकाे प्रमुख प्रशासकिय अधिकृत ओम प्रकाश देवकोटाले जानकारी दिनु भएको छ ।सतप्रतिशत डेटा राख्ने कुरामा चुनौतीसगै स्रोतको कमिले केही समस्या भएको तर पनि फिफ्टि फिफ्टि रहे प्रयोगमा भैरहेको दावि रहेको छ ।संस्थाका रक्षा चालिसे र अनुप नेपालीले सिम्ताकाे डिजटल डेटादाइ अझै कसरी व्यवस्थापन गर्ने सकिन्छ र हालकाे अवस्थाकाे वारेमा जानकारी लिने तथा दिने काम गरिएको थियोे ।
समग्र सिम्ता गाउँपालिकाकाे सबै कुराकाे फेरिस्त तथ्यांक कसरी राख्न सकिन्छ र यसलाई कसरी व्यवस्थापन गर्ने सकिन्छ भन्ने कुरामा छलफल चलाएको थियोे ।गाउँपालिका अध्यक्ष ऎनवहादुर चन्दले गाउँपालिका सम्पूर्ण अंगहरु तथ्यांकहरु ढडामा नभइ सफ्टवेयर प्रणालीअनुसार डेटा सेभ गर्न अनुरोध गर्नु भएको छ ।सबै कुरा सिस्टमैले गयो भने त्यो राम्रो हुन्छ ।सिमित स्रोत साधनका वावजुत यहि अवस्थालाई टेकेर अघि वढिरहेकाे जनाएको छ ।






