प्रतिनिधिसभा गठबन्धन, प्रदेशमा मित्रवत प्रतिस्पर्धा : उपाध्याय

सुर्खेत, ३ कात्तिक ।

नेकपा (एकीकृत समाजवादी)का केन्द्रिय सदस्य एवम् सुर्खेत क्षेत्र नं. २ (क) का उम्मेदवार शिवप्रसाद उपाध्यायले मंसिर ४ गते हुने आम निवार्चनमा प्रतिनिधिसभातर्फ सुर्खेतका दुबै निर्वाचन क्षेत्रमा गठबन्धनका उम्मेदुवारलाई विजयी गराउने र प्रदेशमा मित्रवत प्रतिस्पर्धा हुने बताएका छन् । बुधबार पार्टी कार्यालय पत्रकार सम्मेलन गर्दै उनले यस्तो बताएका हुन् ।


केन्द्रमा गठबन्धन भएपनि समाजवादीले प्रदेशसभातर्फ सुर्खेतको क्षेत्र नं.२ (क) र (ख) मा आनो उम्मेदवार उठाएको छ । जस अन्तरगत क्षेत्र नं. २ क मा शिवप्रसाद उपाध्याय र (ख) मा मोहनसिंह बडुवालले उम्मेदवार दिएका छन् । उम्मेदवारी दिएका दुबै क्षेत्रमा गठबन्धनका उम्मेदवारबीच मित्रवत प्रतिस्पर्धा हुने तर प्रतिनिधिमा गठबन्धनकै उम्मेदवारलाई विजय बनाउन लाग्ने उपाध्यायले बताए ।

केन्द्रिय गठबन्धनले सुर्खेतमा समाजवादीलाई एउटा पनि सिट नदिएपछि आनो बाध्य भएर आनो पार्टीले उम्मेदवारी दिएको उनले प्रष्ट पारे । उम्मेदारी दिने अन्तिम दिनसम्म समाजवादीले सुर्खेतमा आफ्नो भाग पाउँछ भन्ने कोशिस थियो तर अन्तिम समयसम्म पनि गठबन्धनले हाम्रो मतलाई सम्मान गर्न सकेन’ उनले भने, गठबन्धनले निर्णायक भोटको व्यवस्था गरेपछि हामीले जनताको मतको कदर गर्न आफ्नो उम्मेद्वारहरु उठाउनुप¥यो ।’

समाजवादीले लोकप्रिय र जनताले रुचाएका उम्मेद्वारलाई टिकट दिएको भन्दै निर्वाचनमा आफ्नो उम्मेद्वारहरु विजयी हुनेमा विश्वस्त गरेको दाबी गरे । मतदाताहरु हाम्रा न्यायाधिस हुन्, मंसिर ४ गते मतदाताले हाम्रो पक्षमा फैसल्ला गर्छन्’ उनले भने, हाम्रो सबै उम्मेदवारहरु लोकप्रिय छन्, राम्रा उम्मेदवारलाई जनताले विजयी गराउँछन् ।’ २०३६ सालदेखि जनताको सेवा गर्दै आएका कारण निर्वाचनमा आफू विजयी हुने उनको दाबी छ ।

मैले २०३६ सालदेखि वीरेन्द्रनगरका जनताको सेवा गर्दै आएको छु, वीरेन्द्रनगरको नेतृत्व गर्दा मैले नै विकासको जग बसालेको हु’ उनले भने, अब समृद्ध वीरेन्द्रनगर निर्माणको लागि अब पनि मतदाताले मलाई भोट दिन्छन् ।’ वीरेन्द्रनगरको उपप्रमुख र कार्यवहाक प्रमुख हुँदा वीरेन्द्रनगरको शैक्षिक र भौतिक पूर्वाधार निर्माणमा उल्लेखनिय काम गरेको दाबी समेत गरे । यस्तै सुर्खेतमा समाजवादीका कुनै पनि उम्मेद्वारहरु निष्कृय नपार्ने समेत प्रष्ट पारे ।

प्रतिनिधिसभा गठबन्धन, प्रदेशमा मित्रवत प्रतिस्पर्धा :  उपाध्याय

यौनिक तथा लैंगिक अल्पसंख्यकको मुद्धा समावेश गरिदिन

प्रतिनिधिसभा गठबन्धन, प्रदेशमा मित्रवत प्रतिस्पर्धा :  उपाध्याय

रामघाटमा बजार अनुगमन : बिउ-बिजन सहित औसधिजन्य

Leave a comment

Your email address will not be published. Required fields are marked *