रास्ट्रिय युवा संघ भेरिगंगा द्वारा संविधान दिवसको अवसरमा छिन्चु बजारमा दिप प्रज्वलन

दिलिप ढकाल
सुर्खेत,४ असोज ।
संविधानसभाबाट संविधान जारी भएको सात वर्ष पूरा भएको छ । लामो संघर्षपछि नेपालमा संघिय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान २०७२ असोज ३ गते जारी भएको थियो । जन निर्वाचिच सभासद बाट जारी भएको संविधानले समावेशी, लोकतन्त्र, पूर्ण प्रेस स्वतन्त्रताको ग्यारेन्टी गरेको छ ।
संविधान जारी भएको दिन असोज ३ गते नेपालमा संविधान दिवस मनाउने गरिन्छ । यसैबिच, सुर्खेतको सहित पुर्बी सुर्खेतका भेरिगंगा नगरपालिका वडा नम्बर १२ छिन्चु बजारमा मा रास्ट्रिय युवा संघ द्वारा संविधान दिवशको अबसरमा सडकमा नेपालको नक्सा बनाई दिप प्रज्वलन गरिएको छ।
भेरिगंगा नगरपालिका नगर प्रमुख यज्ञ प्रसाद ढकाल को उपस्थितिमा दिप प्रज्वलन गरिएको हो। कार्यक्रम मा स्थानिय ब्यापारी बुद्दिजिबि समाजसेवी लगाएतको उपस्थिति रहेको रास्ट्रिय युवा संघ भेरिगंगा नगर कमिटि अध्यक्ष बिक्रम बिक ले जानकारी दिए ।






