संविधान दिवसको अवसरमा नगर प्रमुखहरुकाे टाेलिद्वारा प्रभाकर मावि सरसफाइ

दुर्गा विसि
सल्यान,४ असोज ।
संविधान दिवसको अवसरमा बनगाड कुपिण्डे नगरपालिकाका नगर प्रमुख कर्णवहादुर वुढाथाेकि,सुरक्षा कर्मि लगाएतको टाेलिले प्रभाकर मावि प्राङ्गण भित्र सरसफाइ गरेको छ ।विद्यालय हाता भित्र कृष्ण मन्दिर समेत रहेकाले मन्दिर लगाएत विद्यालयकाे प्राङ्गण आसपास सरसफाइ गरिएको छ ।
सुरक्षाकर्मी,जनप्रतिनिधि र कर्मचारीको टाेलिद्वारा संविधान दिवसको अवसर सरसफाइ कार्यक्रम आयोजना गरिएको थियोे । सल्लिवजारमा उक्त टाेलिले र्यालि निकालेको छ ।बजार वासिलाइ यत्रतत्र फाेहर नफ्याक्न समेत अनुरोध गरिएको छ ।सफा सुन्दर नगर नामकरणमा साथ दिन अपिल गरिएको छ ।
अर्कोतिर नगरले वजार सफा राख्ने पदैल अभियान चलाए पनि फाेहरले बन्द नालिले वजार दुर्घन्दित वनाएको छ ।सरसफाइका नाममा नगरले नालि खाेलेर सुचारू गर्ने र सडक,नालि अतिक्रमित घरटहरा हटाउन तर्फ भने कुनै वास्ता गरेकाे पाइदैन ।






