संविधान दिवसको अबसरमा पुर्बी सुर्खेतका पालिकामा विभिन्न कार्यक्रम तथा दिप प्रज्वलन

दिलिप ढकाल

सुर्खेत ,४ असोज

संविधानसभाबाट संविधान जारी भएको सात वर्ष पूरा भएको छ । लामो संघर्षपछि नेपालमा संघिय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान २०७२ असोज ३ गते जारी भएको थियो । संविधान जारी भएको दिन असोज ३ गते नेपालमा संविधान दिवस मनाउने गरिन्छ ।

यसैबिच, सुर्खेतको विरेन्द्रनगर सहित पुर्बी सुर्खेतका भेरिगंगा,लेकबेशी,गुर्भाकोट नगरपालिका पालिका तथा सिम्ता गाउपालिकामा पनि संविधान दिवशको अबसरमा विभिन्न कार्यक्रम गरिएको छ। भेरिगंगा नगरपालिकामा रास्ट्रिय युवा संघ द्वारा संविधान दिवस को अबसरमा सडकमा नेपालको नक्सा बनाई दिप प्रज्वलन गरिएको छ। भेरिगंगा नगरपालिका नगर प्रमुख यज्ञ प्रसाद ढकाल को उपस्थितिमा दिप प्रज्वलन गरिएको हो।♥

[contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]

कार्यक्रम मा स्थानिय ब्यापारी बुद्दिजिबि समाजसेवी लगाएतको उपस्थिति रहेको थियो ।यस्तै संविधान दिवसको अवसरमा भेरीगंगा नगरपालिका वडा नं. ९ स्थीत जहरे बजार सरसफाई तथा दिप प्रज्वलन गरिएको छ । मिर्मिरे लघु वित्त वित्तीय संस्था लिमिटेड जहरे शाखाको आयोजनामा बजार सरसफाई गरिएको हो त्यस्तै भेरिगंगा नगरपालिका उप प्रमुख धनसरा बोहोराको उपस्थितिमा जहरे बजार सडकमा नेपालको नक्सा बनाई दिप प्रज्वल गरिएको हो।

सरसफाई तथा दिप प्रज्वलन अभियानमा भेरीगंगा नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष प्रेम बहादुर आग्री, वडा सदस्य ईश्वर पोख्रेल,नगर कार्यपालिका सदस्य सहवीर महर, जहरे बजार व्यवस्थापन समितिका अध्यक्ष बल बहादुर वली, प्रहरी प्रशासन लगायत सहभागीता रहेको थियो ।त्यस्तै गुर्भाकोट नगर पालिका ,लेकबेशीनगर पालिका ,सिम्ता गाउ पालिका तथा पालिका भित्रका विभन्न वडामा संबिधान दिवसको अबसरमा विभिन्न कार्यक्रम गरि मनाईएको छ।

संविधान दिवसको अबसरमा पुर्बी सुर्खेतका पालिकामा विभिन्न कार्यक्रम तथा दिप प्रज्वलन

रास्ट्रिय युवा संघ भेरिगंगा द्वारा संविधान दिवसको

संविधान दिवसको अबसरमा पुर्बी सुर्खेतका पालिकामा विभिन्न कार्यक्रम तथा दिप प्रज्वलन

YUGAAWHAN NATIONAL DAILY (2079-06-04)

Leave a comment

Your email address will not be published. Required fields are marked *