करेन्ट लागेर बालिकाको मृत्यु

दैलेख, २ कात्तिक ।

दैलेखमा करेन्ट लागेर एक बालिकाको मृत्यु भएको छ । गुराँस गाउँपालिका–४ चिसापानीकी १३ वर्षीया दीपिका परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, दैलेखले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय, दैलेखका प्रहरी प्रमुख डिएसपी भुवनेश्वरप्रसाद साहले गुराँस गाउँपालिका–२ को गयलसेनस्थित बाटोमा लत्रिएको तारबाट बालिकालाई करेन्ट लागेर मृत्यु भएको जानकारी दिए । उनले मृतक बालिकाको शव पोष्टमार्टमका लागि दैलेख जिल्ला अस्पतालमा ल्याइएको बताए ।

मामाघरदेखि नजिकै रहेको फुपूको घरमा जान लागेको बेला कच्ची सडकमा लत्रिएको विद्युत प्रवाह भएको तारमा छुन पुग्दा बालिकालाई करेन्ट लागेको स्थानीयको भनाइ छ । बालिकाको आमाले जाहेरी दिएपछि शव पोष्टमार्टम हुने प्रहरी प्रमुख साहले जानकारी दिए । बालिका बाल कल्याण प्राविमा कक्षा ६ मा अध्ययनरत थिइन् ।

गोरखापत्र

करेन्ट लागेर बालिकाको मृत्यु

सन्दीपलाई तेस्रो पटक अदालतमा पेश

करेन्ट लागेर बालिकाको मृत्यु

नवौं राष्ट्रिय खेलकुदमा सहभागी हुन तीन दिन

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!