सन्दीपलाई तेस्रो पटक अदालतमा पेश

काठमाडौं,२ कात्तिक ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेलाई तेस्रो पटक अदालत पेश गरिएको छ । सन्दीपलाई बुधबार बिहान ९ः४० बजे प्रहरीले जिल्ला अदालत काठमाडौंमा पेश गरेको हो । सन्दीपमाथि १७ वर्षीया नाबालिकामाथि बलात्कार गरेको आरोपमा उजुरी परेको छ । यसअघि सन्दीपलाई असोज २७ गते दोस्रो पटक र असोज २० गते पहिलो पटक प्रहरीले अदालतमा पेश गरेको थियो ।

सन्दीपलाई अदालतले पहिलो पटक असोज २० गते सात दिन र दोस्रो पटक थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो । गत भदौ ५ गते १७ वर्षीया नाबालिकामाथि बलात्कार गरेको आरोप लागेका सन्दीपलाई असोज २० गते प्रहरीले पक्राउ गरी अदालतमा उपस्थित गराएको थियो ।

पछिल्लो पटक कात्तिक १ गते फाइल पेस गर्ने वा म्याद थपको लागि पुनः पेस गर्न अनुमति दिइए पनि मङ्गलबार अदालत बिदा भएकोले सन्दीपलाई बुधबार (आज) अदालत पेश गरिएको हो । १७ वर्षकी किशोरीले बलात्कार अभियोग लगाएपछि अनुसन्धानका लागि सन्दीपलाई असोज २० गते अमेरिकाबाट नेपाल आएलगत्तै त्रिभुवन विमानस्थलबाटै पक्राउ गरिएको थियो ।

काठमाडौंको गौशालास्थित एक होटलको कोठामा राखेर सन्दीपले आफूलाई बलात्कार गरेको आरोपमा किशोरीले भदौ २१ गते प्रहरी वृत्त गौशालामा उजुरी गरेकी थिइन् । सन्दीप त्यसबेला क्यारेबियन लिग क्रिकेट खेल्न गएका थिए ।

सेतोपाटी

सन्दीपलाई तेस्रो पटक अदालतमा पेश

मृतकका परिवारलाई २५ हजार सहयोग गरिने

सन्दीपलाई तेस्रो पटक अदालतमा पेश

करेन्ट लागेर बालिकाको मृत्यु

Leave a comment

Your email address will not be published. Required fields are marked *