नवौं राष्ट्रिय खेलकुदमा सहभागी हुन तीन दिन हिँडेर आएका कालिकोटका खेलाडी

पोखरा,२ असोज ।

नवौं राष्ट्रिय खेलकुदमा कर्णाली प्रदेशको एथ्लेटिक्स टिममा ३८ जना खेलाडी छन्। कर्णाली प्रदेशभरका खेलाडी जम्मा पारेर तयार पारिएको टिममा कालिकोटका तीन जना महिलाले खेलाडी पोखरासम्म आइपुग्न हैरानी खेप्न प¥यो।

पोखरामा प्रतियोगिता सुरु हुनुअघि भारी वर्षाका कारण प्रशिक्षणमा असर त ग¥यो नै खेलाडी सदरमुकामबाट टाढा रहेको आफ्नै घरमा थुनिए। बाढी, पहिरोका कारण यातायात सञ्चालनमा अवरोध भयो। जसका कारण कालिकोटका खेलाडीत्रय प्राप्ती शाही, निशा मल्ल र रामिरा शाहीले तीन दिन हिँडेर सुर्खेतसम्म आउनु प¥यो।


प्राप्ती र निशाले तीन दिनमा कतिपय स्थानमा भने बसको यात्रा पनि गरेका थिए। तर रामिरा भने अछामको सिमा हुँदै सुर्खेतसम्म हिडेर आइपुगेको बताउँछिन्। तीन दिन हिडेर आउँदा रामिराको खुट्टा बेस्सरी सुन्नियो। त्यहीँ सुन्निएको खुट्टा बोकेर उनी प्रतिस्पर्धामा उत्रिइन्।

लगातार हिडिरहदा रामिरालाई घर फर्कन मन बनाएकी थिइन्। तर राष्ट्रिय प्रतियोगितामा भाग लिने उनीहरुको इच्छालाई अप्ठेरोले छेक्न सकेन । ‘प्रतियोगिताका लागि यति धेरै दुख गरेका छौं। जसरी पनि पुग्न पर्छ भनेर आयौ,’ प्राप्तिले भनिन् तीनै जना तीन दिनको यात्रापछि सुर्खेत आइपुगेका थिए । त्यसपछि मात्र उनीहरु बसमा चढेर पोखरा आइपुगे ।

नवौं राष्ट्रिय खेलकुदमा प्राप्तीले सटपुट र ज्याभ्लिन थ्रोमा भाग लिइन्। रामिराले पनि ज्याभ्लिन थ्रोमा सहभागिता जनाइन् । निशाले १५ सय मिटर दौडिएकी थिइन्। तर तीनै जनाले सम्झनलयाक प्रदर्शन गर्न भने सकेनन्। निशालाई त आफूले कति स्थानमा दौड पूरा गर्ने भन्ने पनि थहा छैन। किनभने अन्तिम तिर दौड पूरा गरेकी उनले आफ्नो ‘पोजिसनको’ वास्ता नै गरिनन्।

निशाले प्रतियोगिताका लागि १५ दिन मात्र तयारी गरेकी थिइन्। तर प्राप्ति र रामिराले राम्रो तयारी गर्न पाएनन्।  ‘हामीलाई अभ्यास गर्ने सामग्री पनि थिएन। गुरुले बजेट कम छ भन्नु भएको थियो। त्यसैले सहभागी हुनु नै ठूलो कुरा लागेर आयौं,’ प्राप्तिले भनिन्। पोखरामा राम्रो प्रदर्शन गर्न नसके पनि उनीहरू प्रतियोगितामा भाग लिन पाएकोमा निकै खुसी छन्।

सेतोपाटी

नवौं राष्ट्रिय खेलकुदमा सहभागी हुन तीन दिन हिँडेर आएका कालिकोटका खेलाडी

करेन्ट लागेर बालिकाको मृत्यु

नवौं राष्ट्रिय खेलकुदमा सहभागी हुन तीन दिन हिँडेर आएका कालिकोटका खेलाडी

आफ्नै नन्दलाई हराएर कीर्तिमानी स्वर्ण जितिन् नविताले

Leave a comment

Your email address will not be published. Required fields are marked *