एमालेको वडा कार्यालय उद्घाटनमा दर्जन बढीको प्रवेश

दुर्गा विसी
सल्यान, ५ चैत्र ।
सल्यानको बनगाड कुपिण्डे नगरपालिका वडा ७ नेकपा एमालेको पार्टी कार्यालय उद्घाटन गरिएको छ ।आउँदो स्थानीय चुनाव लक्षित कार्यक्रम अनुसार आफ्न गतिविधिलाई समेत एमालेले व्यापक पारेको छ ।

पार्टी प्रवेशसँगै पार्टी कार्यालय उद्घाटनसमेत गरिएको छ । त्यसैगरी पार्टी कार्यालय उद्घाटनमा नेकपा माओवादी केन्द्र नेपाली कांग्रेसबाट थुप्रै व्यक्तिहरुले प्रवेश गरेका छन् ।

नव प्रवेशीलाई एमाले सल्यान जिल्ला अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि गोविन्द कुमार पुन, जिल्ला कमिटी सदस्य विनायक केसी, नगर अध्यक्ष गञ्जमान वुढा, जिल्ला कमिटी सदस्य विष्णु घर्ती र दिपवहादुर खड्काले आफ्नो पार्टीमा नव प्रवेशीलाई खादा, मालाले स्वागत गरेका छन् ।

पार्टी कार्यालय उद्घाटनमा जिल्ला अध्यक्ष पुनले पार्टी फुटे पनि पुनःयो नगरमा एमाले नै चुनाव जित्ने घोषणा गरे, पार्टी फुटको असर खासै नपर्ने दावी गरिएको छ । अहिले पनि एमालेले एकलै चुनाव लडेर देखाउने दाबी गरे ।

नेकपा माओवादी केन्द्रबाट राजिव विसी, कमल विक, भोलवहादुर विक, जितवहादुर विक, बुद्द वहादुर विक, विरवहादुर विक, रुपलाल विकसहित १२, नेपाली कांग्रेसबाट चित्रबहादुर वोहरा, दलवहादुर खड्का गरी २ र पवित्रा नेपालीसहित एक जना समाजवादी पार्टीका कार्यकर्ताले एमाले प्रवेश गरेको उपसचिव प्रकाश बस्नेतले जनाए ।

वडा कमिटी अध्यक्ष प्रकाश वलीको सभा अध्यक्षतामा भएको कार्यक्रम सचिव कृष्ण विसीले कार्यक्रमको सञ्चालन गरेका थिए । उक्त वडा एमालेको ब्रचस्वका रुपमा रहेको छ । उक्त वडामा सबै भन्दाबढी पार्टी छोड्नेमा माओवादी केन्द्रका बढी रहेको जनाएको छ ।

एमालेको वडा कार्यालय उद्घाटनमा दर्जन बढीको प्रवेश

एकीन भयो काँक्रेविहारको क्षेत्रफल, फेरी नापजाँच गर्दा

एमालेको वडा कार्यालय उद्घाटनमा दर्जन बढीको प्रवेश

नेपाल शिक्षक महासंघद्धारा मागपत्र पेस

Leave a comment

Your email address will not be published. Required fields are marked *