एशोसिएशन अफ नेपालद्वारा सचेतना कार्यक्रम

सुर्खेत , ४ असार ।

नेपाल आर्थिक पत्रकार संघ र मर्चेन्ट बैंकर्स एशोसिएशन अफ नेपालद्वारा शनिवार सुर्खेतमा आयोजित प्रदेशस्तरीय पूँजीबजार सचेतना कार्यक्रम सम्पन्न भएको छ ।  कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले आफु संग जती रकम छ त्यती रकमको आधा मात्रै रकम लगानी गर्न र बैंकबाट ऋण लिएर शेयर बजारमा लगानी नगर्न आग्रह गरेका छन् ।

नेपाल आर्थिक पत्रकार संघ र मर्चेन्ट बैंकर्स एशोसिएशन अफ नेपालद्वारा शनिवार सुर्खेतमा आयोजित प्रदेशस्तरीय पूँजीबजार सचेतना कार्यक्रममा उनले आफूसँग भएको स्रोतलाई मात्र परिचालन गर्न सुझाव दिएका हुन् ।  मुख्यमन्त्री शाहीले पूँजीबजार लगानीकर्ता र बैंकर्सलाई अरुको देखासिकि गर्दा कतिपय रोडबाट करोडपति र कतिपय करोडपतिबाट रोडपति सम्म हुदाँ आफ्नो आय आर्जन हेरि लगानी गर्न आग्रह गरेका छन् ।

शेयर बजार कहिले बढ्छ कहिले घट्छ सधैं एकनाशको हुँदैन’ उनले भने, ‘शेयर बजार केही व्यक्तिमा सीमित गर्नुभएन, शेयर बजारमा पनि नियामक निकाय छ भन्ने आभास दिलाउनुपर्ने बताएका छन् । सचेतना कार्यक्रममा पूँजीबजार क्षेत्रको नियामक निकाय नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक डा नवराज अधिकारीले प्राथमिक शेयर भर्ने प्रक्रियामा सुधारसँगै शेयर बजारप्रति आकर्षण बढेको बताए ।

 सचेतना कार्यक्रममा कर्णालीका आर्थिक क्षेत्रमा संलग्न व्यक्तिका साथै शिक्षक, विद्यार्थीलगायतको सहभागिता रहेको थियो । नेपाल उद्योग वाणिज्य महासङ्घका प्रदेश अध्यक्ष पदमबहादुर शाहीले पछिल्लो समय पूँजीबजार अर्थतन्त्रको महत्वपूर्ण खम्बा भएको धारणा राखे ।

त्यस्तै नेपाल उद्योग परिसंघका प्रदेश उपाध्यक्ष विष्णुकुमार खड्काले राज्यका निकायबाटै शेयर बजार असुरक्षित हुनुका साथै लगानीकर्ता निराश बन्न पुगेको बताए । नेपाल आर्थिक पत्रकार संघका अध्यक्ष मोदनाथ ढकालले सचेतना कार्यक्रमले कर्णाली प्रदेशमा पूँजीबजारका लगानीकर्ता बढ्ने अपेक्षा व्यक्त गरे ।

एशोसिएशन अफ नेपालद्वारा सचेतना कार्यक्रम

लयाटामा एक दिने निशुल्क स्वास्थ्य शिबिर सम्पन्न

एशोसिएशन अफ नेपालद्वारा सचेतना कार्यक्रम

आठविसकोट नगरपालिकाको बोजाबारिमा जिप दुर्घटना

Leave a comment

Your email address will not be published. Required fields are marked *