लयाटामा एक दिने निशुल्क स्वास्थ्य शिबिर सम्पन्न

प्रचण्ड खत्री
रुकुम पश्चिम ४ असार ।
रुकुम पश्चिम जिल्ला चौरजहारी नगरपालिका वडा न ८ को कालिका आधारभुत बिध्यालय लयाटामा एक दिने स्वास्थ्य शिबिर सम्पन्न भयको छ । चौरजहारी नगरपालिका र मानव बिकास तथा सामुदायिक सेवा चौरजहारी अस्पताल, मार्तृ तथा बालस्वास्थ्य प्रबर्द्धन परियोजनाको सयुक्त आयोजना तथा आर्थिक सहयोगमा शिबिर सम्पन्न भएको हो ।

शिबिरमा चौरजहारी अस्पतालका डाक्टर सुमन राईको नेतृत्वमा १४ जना स्वास्थकर्मिको टोलि खटिएको परियोजना अधिकृत गोपाल तिमिल्सिनाले बताए । उक्त शिबिरमा अस्थायी साधन समन्धी परामर्श, गर्भ जाँच लगायत अन्य बिरामीको चेक जाँच, लगायत नाक, कान,घाँटी गेस्टाईटिस,तल्लो पेट दुखने, ज्वरो,रुघाखोकी , जस्ता बिभिन्न समस्या भयका बिरामिले सेवा लिएका थिए ।

जम्मा १४५जना बिरामी हरुले उक्त सेवा लिएको र जटिल समस्या भएका बिरामी हरुलाई अस्पताल सम्म आउन सुझाव दिएको चौरजहारी अस्पतालका डाक्टर सुमन राई ले जानकारी दिए । साथै सिबिरमा विभिन्न प्राकृतिका समस्या भएका ४ जना अपाङ्गता भएका ब्यक्तिहरुले उक्त शिबिर बाट सेवा लिएको आयोजकले बताएको छ ।






