छोरीको सम्झनामा विद्यार्थीलाई शैक्षिक सामाग्री

दिपेन्द्र शर्मा
नलगाड, ४ चैत्र ।
बारेकोट गाउँपालिका २ रोकायगाउँ स्थित जनता आधारभुत बिद्यालयका प्रधानाध्यापक धन बहादुर नेपालीले आफ्नो छोरीको सम्झनामा १० जना बिपन्न बिद्यार्थीलाइ शैक्षिक सामाग्री वितरण गरेका छन् ।
आर्थिक अवस्था कमजोर भएका बिद्यार्थीहरुलाई कापि, कलम लगायतका शैक्षिक सामाग्री वितरण गरेको प्रअ नेपालीले बताए । जनता आधारभुत बिद्यालयका प्रधानाध्यापकले भने “मेरो घरकी जेठी छोरी बितेको एक बर्ष पुरा भयो, छोरीको सम्झनामा १० जना बिद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गर्ने निर्णय गरेको हुँ, बिपन्न बिद्यार्थीलाई उक्त शैक्षिक सामाग्रीले पढाइमा सहयोग पुग्ने विश्वास अभिभावकले लिएका छन् ।’
प्रधानाध्यापक कि जेठी छोरी लक्ष्मी बिकको २०७७ साल चैत्र ४ गते त्रिभुवन माध्यमिक विद्यालय खलंगामा निधन भएको थियो । मृतक बिक त्रिभुवन माध्यमिक विद्यालय खलंगामा कानुन संकायमा अध्ययनरत थिइन ।







