जिल्ला प्रहरीद्वारा नगरप्रमुख घर्ती सम्मानित

मोहन सिंह
जाजरकोट, ४ चैत्र ।
जिल्ला प्रहरी कार्यालय जाजरकोटले भेरी नगरपालिकाका नगरप्रमुख चन्द्रप्रकाश घर्तीलाई कदर पत्र सहित सम्मान गरेको छ । विहिवार एक कार्यक्रमको आयोजना गरी नेपाल प्रहरीको समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तरगत जातीय छुवाछुत तथा भेदभाव लगायत जनचेतना मुलक कार्यक्रममार्फत यस जिल्लाको अपराध नियन्त्रण तथा शान्ति सु–व्यवस्था राख्ने कार्यमा महत्वपूर्ण भुमिका निर्वाह गरेको भन्दै कदर–पत्र सहित सम्मान गरेको हो ।

जाजरकोट जिल्लामा शान्ति सु– व्यवस्था कायम राख्न महत्वपूर्ण भूमिका निर्वाह गरेकोले कदर पत्र सहित सम्मान गरिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका डिएसपी मधुकुमार थापाले जानकारी दिए ।






