प्रिमियर स्टील्सको ब्राण्ड एम्बेसडर क्रिकेटर पारस खड्का

काठमाडौं, ३ चैत्र ।
प्रिमियर स्टील्स एक ठूलो स्टिल उत्पादन कम्पनी हो जसले ग्राहकहरुको आवश्यकता अनुसार उनीहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । गुणस्तरीय इम्बेडेड उत्पादनको दर्शनको साथ, प्रिमियर स्टील्का देशभर ५०० रिटेल आउटलेटहरु छन् ।
प्रिमियर स्टील्सले आफ्नो यात्रामा अर्को कदम चालेको छ । प्रिमियर स्टील्स राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्कासँग रणनीतिक साझेदारीको घोषणा गर्न पाउँदा निकै गर्वान्वित छ ।
खड्काले प्रिमियर स्टिलका सबै नयाँ अभियानको अगुवाई गरिरहेको देखिनेछ । सम्झौता ज्ञापन पत्र हस्ताक्षर मार्च १५ मा आयोजित भएको थियो । प्रिमियर स्टील नेपालको प्रतिष्ठित खेल व्यक्तित्वसँग व्यवसायिक र कर्पोरेट साझेदारी गर्न निकै उत्साहित छ ।
एसोसिएसनमा टिप्पणी गर्दै खड्काले भने, ‘म प्रिमियर स्टिल परिवारको हिस्सा हुन पाउँदा धेरै खुसी छु र उत्साहका साथ ठूलो पहल गर्ने छु’ खड्काले व्यवसायिक खेलाडी र खेलकुदको उत्थानमा निजी क्षेत्रले महत्वपूर्ण भूमिका खेल्ने गरेको बताई ब्रान्डसँग प्रतिबद्ध रहने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।







