बुद्धको एटीआर–७२ सिटे जहाजले नियमित उडान भर्ने

सुर्खेत,३० कात्तिक ।

निजी क्षेत्रको हवाई सेवा कम्पनी बुद्ध एयरले अब सुर्खेतको वीरेन्द्रनगरमा नियमित आफ्नो एटिआर ७२ जहाजबाट उडान भर्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणको सहयोग र सहकार्यमा बुद्धको ७२ जहाजले बुधवार वीरेन्द्रनगर विमानस्थलबाट सफलतापूर्वक परीक्षण उडान गरेको नागरिक उड्यन प्राधिकरणले जनाएको छ ।

यसअघि लामो समयदेखी सुर्खेत विमानस्थलबाट १८ सिटे हुँदै ४७ सिटे बुद्धको जहाजले नियमित उडान भरीरहेको थियो । तर भाडादर महंगो भएकोले भाडादर घटाउनुपर्ने वा ७२ सिटे जहाज सञ्चालन गर्नुपर्ने स्थानियहरुले माग राख्दै आएका थिए ।

बुद्धको एटीआर–७२ सिटे जहाजले नियमित उडान भर्ने

निर्वाचनका लागि ट्राफिक खटिँदा काठमाडौंका मुख्य सडकमा

बुद्धको एटीआर–७२ सिटे जहाजले नियमित उडान भर्ने

भोजपुरमा प्रचण्ड सहभागी हुने चुनावी सभामा बम

Leave a comment

Your email address will not be published. Required fields are marked *