भोजपुरमा प्रचण्ड सहभागी हुने चुनावी सभामा बम विस्फोट

काठमाडौं,३० कात्तिक ।

सत्ता गठबन्धनको सभा चलिरहेको बेला भोजपुरमा बम विस्फोट भएको छ । भोजपुरको पौवादुङ्मा गाउँपालिकास्थित तिवारीभञ्ज्याङमा आयोजित चुनावी सभास्थल नजिकै बम विस्फोट भएको हो । उक्त सभालाई सम्बोधन गर्न माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, कांग्रेस प्रवक्ता रामशरण महत जाने कार्यक्रम छ ।

मोरङ, खोटाङलगायत ठाउँमा पनि जाने कार्यक्रम भएकाले प्रचण्ड कार्यक्रमस्थल पुगिसकेका छैनन् । विस्फोटबाट भएको क्षति तथा अन्य विवरण आउँन बाँकी छ । भोजपुरका प्रहरी प्रमुख डीएसपी शरतबहादुर थापाले बम विस्फोटपछि त्यसक्षेत्रमा सुरक्षा निगरानी बढाइएको बताए । ‘हामी अनुसन्धान गर्दैछौं । अहिले अवस्था सामान्य छ । कार्यक्रम भइरहेको छ’, थापाले भने ।

नेपाल प्रेस

भोजपुरमा प्रचण्ड सहभागी हुने चुनावी सभामा बम विस्फोट

बुद्धको एटीआर–७२ सिटे जहाजले नियमित उडान भर्ने

भोजपुरमा प्रचण्ड सहभागी हुने चुनावी सभामा बम विस्फोट

८४ वटा सञ्चार माध्यममा आचारसंहिता प्रतिकूल सामग्री

Leave a comment

Your email address will not be published. Required fields are marked *