निर्वाचनका लागि ट्राफिक खटिँदा काठमाडौंका मुख्य सडकमा जाम

काठमाडौं,३० कात्तिक ।

काठमाडौं उपत्यकामा ट्राफिकहरू निर्वाचनका लागि खटिएका कारण विभिन्न ठाउँमा जाम भएको छ।उपत्यकामा कार्यरत ट्राफिकहरू चुनावका लागि बाहिर खटिँदा जनशक्तिको अभाव भएको काठमाडौं उपत्यका ट्राफिक कार्यलयका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) राजेन्द्र प्रसाद भट्टले जानकारी दिए ।

उनका अनुसार काठमाडौं उपत्यकामा झन्डै १७ सय ट्राफिकहरू कार्यरत थिए। ‘उपत्यकामा १७ सय ट्राफिकहरू कार्यरत हुनुहुन्थ्यो,’ उनले भने, ‘अहिले झन्डै ४ सय जना उपत्यका बाहिर जानुभएको छ।’

यस्तै निर्वाचनका समय जनशक्तिको अभावका कारण मुख्य सडकहरूमा मात्रै ट्राफिक प्रहरी खटिएका छन्। जसले गर्दा उपत्यकाका विभिन्न मुख्य चोकहरूमा जाम भइरहेको छ। एसएसपी भट्टका अनुसार भित्री सडकमा भने जनशक्तिको अभावका कारण ट्राफिक प्रहरी छैनन्।

सेतोपाटी

निर्वाचनका लागि ट्राफिक खटिँदा काठमाडौंका मुख्य सडकमा जाम

हुम्लामा २४ वटा मतदानस्थललाई अतिसंवेदनशील

निर्वाचनका लागि ट्राफिक खटिँदा काठमाडौंका मुख्य सडकमा जाम

बुद्धको एटीआर–७२ सिटे जहाजले नियमित उडान भर्ने

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!