हुम्लामा २४ वटा मतदानस्थललाई अतिसंवेदनशील

हुम्ला,३० कात्तिक ।
मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि हुम्लाको २४ वटा मतदानस्थल अतिसंवेदनशील सूचीमा रहेका छन्। जिल्लाका सातवटै स्थानीय तहमा रहेका ५८ वटा मतदान केन्द्र र ५९ वटा मतदानस्थलका २४ वटा मतदानस्थललाई अतिसंवेदनशील ठहर गरिएको हो ।

प्रतिनिधिसभा सदस्यका लागि एक मात्र निर्वाचन क्षेत्र रहेको हिमाली जिल्ला हुम्लामा १२ सामान्य, २२ संवेदनशील र २४ मतदानस्थललाई अतिसंवेदनशील ठहर गरिएको प्रमुख जिल्ला अधिकारी सीता परियारले जानकारी दिए। वैशाखमा सम्पन्न स्थानीय निर्वाचनको विश्लेषण र जिल्ला सुरक्षा समितिले समग्र वस्तुस्थिति मूल्याङ्कन गर्दा ती मतदानस्थललाई सुरक्षा अतिसंवेदनशील र सवेदनशील ठहर गरेको हो।

अतिसंवेदनशील ठहर गरेका गाउँपालिकाका २४ मतदानस्थलमा नाम्खामा पाँच वटा, सिमकोटमा चार वटा, खार्पुनाथमा दुई , सर्केगार्डमा चार, चङखेलीमा चार, अदानचुलीमा एक वटा र ताँजाकोटमा चार वटा छन्। अतिसंवेदनशील मतदानस्थलमा विशेष सुरक्षाको व्यवस्था गरिएको बताइएको हो। मतदान कार्यका लागि सुरक्षाकर्मी पनि सोही अनुसार खटाइने छ।

त्यसैगरी समितिले २२ वटा मतादनस्थललाई संवेदनशील क्षेत्रका रूपमा वर्गीकरण गरेको छ। संवेदनशील मतदानस्थलमा गाउँपालिका अनुसार नाम्खामा तीन वटा, सिमकोटमा दुई वटा, खार्पुनाथमा दुई वटा, सर्केगार्डमा चार वटा, चङखेलीमा चार वटा, अदानचुलीमा पाँच वटा र ताँजाकोटमा दुई वटा रहेका छन्। जिल्लाका १२ वटा मतदानस्थललाई भने सामान्य रुपमा वर्गीकरण गरिएको छ।

अन्नपुर्ण

हुम्लामा २४ वटा मतदानस्थललाई अतिसंवेदनशील

सुर्खेत प्रशासनद्वारा एक साताका लागि सेवा प्रवाह

हुम्लामा २४ वटा मतदानस्थललाई अतिसंवेदनशील

निर्वाचनका लागि ट्राफिक खटिँदा काठमाडौंका मुख्य सडकमा

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!