सुर्खेत प्रशासनद्वारा एक साताका लागि सेवा प्रवाह स्थगित

सुर्खेत,३० कात्तिक ।

जिल्ला प्रशासन कार्यालय सुर्खेतले अत्याआवश्यक सेवा बाहेकका सबै सेवाहरु एक साताको लागि स्थगित गरेको छ । प्रशासनले मंगलवार एक सूचना जारी गर्दै मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यहरुको निर्वाचनका लागि कार्यालयबाट कर्मचारीहरु  विभिन्न स्थानमा खटिई जानुपर्दा कर्मचारी अभाव हुने हुदाँ कात्तिक ३० गतेदेखि मंसिर ५ गते सम्मका लागि अत्यावश्यक सेवा बाहेकका सबै सेवाहरु स्थगित गरिएको सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले बताए ।

कात्तिक ३० गते देखि मंसिर ५ गते सम्मका लागि अत्यावश्यक सेवा बाहेकका सबै सेवाहरु स्थगित गरिएको सहायक प्रमुख जिल्ला अधिकारी खगेन्द्र बहादुर मल्लको हस्ताक्षरित सूचनामा भनिएको छ ।

सुर्खेत प्रशासनद्वारा एक साताका लागि सेवा प्रवाह स्थगित

भूमिहीनलाई लालपुर्जाको सधैं आश्वासन

सुर्खेत प्रशासनद्वारा एक साताका लागि सेवा प्रवाह स्थगित

हुम्लामा २४ वटा मतदानस्थललाई अतिसंवेदनशील

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!