कार्मारोङमा खाद्यान्न अभाव

मुगु,३० कात्तिक ।
मुगुमकार्मारोङ गाउँपालिकामा निर्वाचनको मुखैमा खाद्यान्न अभाव देखिएको छ । असोज १९ देखि २३ गते सम्मको भीषण वर्षाले गमगढी–छाइल सडकखण्ड अवरुद्ध भएपछि ढुवानीको समस्याले कार्मारोङमा खाद्यान्न अभाव देखिएको हो ।

वर्षाले किसानको कत्तिके अन्नबाली तहसनहस पारेको स्थानीयको गुनासो छ । स्थानीयका अनुसार पहिरोले सडक र घोरेटो बाटो अवरुद्ध हुँदा मालवाहक ट्रक, खच्चड र भरियाद्वारा खाद्यवस्तु ढुवानी गर्न समस्या भएको छ । ढुवानीको समस्याले पालिकाभरि समस्या भएको गाउँपालिका अध्यक्ष छिरिङक्याप्ने लामाले बताए ।

छाइलबजार, पुलु, रिउसलगायत व्यापारिक केन्द्रहरूमा चामल, तेल, मैदा, नुनलगायत दैनिक उपभोग्य सामानको चरम अभाव भएको छ । त्यहाँका व्यापारीका पसलहरू रित्तिएका छन् । मुगु, चितै, डोल्फु, किम्री, ताखा, खारीलगायत बस्तीका स्थानीय खाद्यवस्तु किन्न एक दिन हिँडेर पुलु र छाइलबजार पुगे पनि कुनै खाद्यान्न नपाएर रित्तै घर फर्किएको उनले सुनाए ।

किम्रीगाउँका फोन्जुक तामाङले वर्षेबाली असोज दोस्रो साता परेको अविरल वर्षाले नष्ट गरेपछि खाद्यान्न अभाव देखिएको छ । उनले चुनावको मुखैमा खाद्यान्न अभाव भएपछि दलका उम्मेदवारहरूले खाद्यान्न आपूर्तिमा बेवास्ता गरेको गुनासो गरे । खाद्यान्न अभावको चपेटामा गाउँपालिकामा कार्यरत कर्मचारी, पुलु मुगु र छाइलमा कार्यरत प्रहरी पनि परेका छन् ।

स्थानीय अनाज किन्न नपाइने र बजार क्षेत्रमा पनि उपभोग्य सामानको मौज्दात सकिएपछि गर्जा टार्न मुस्किल भएको छाइलका कर्मा लामाले बताए । सरकारले छिटो सडक खुलाएर खाद्य ढुवानीमा प्राथमिकता दिनुपर्ने स्थानीयको जोड छ । गाउँपालिका अध्यक्ष लामाले एक हप्ताभित्र खाद्यान्न ढुवानी नभए निर्वाचनमा खटिने कर्मचारीहरूले पनि खाद्य संकट भोग्नुपर्ने बताए ।

उनले अवरुद्ध सडक पन्छाउन गाउँपालिकाले एक्स्काभेटर प्रयोग गरे पनि ठूलाठूला पहिरो खस्दा समस्या भएको उल्लेख गरे । उनका अनुसार स्थानीय पालिकाका व्यापारिक केन्द्रमा खाद्यान्न नपाइएपछि २ दिन हिँडेर सदरमुकाम गमगढी पुगेर नुन–चामलको जोहो गर्न बाध्य छन् । साउनदेखि पुलु खाद्य डिपोमा अनुदानको चामल ढुवानी भएको छैन ।

कान्तिपुर

कार्मारोङमा खाद्यान्न अभाव

आचारसंहिता उल्लंघनमा मतदान अधिकृतसहित तीन जना कारबाहीमा

कार्मारोङमा खाद्यान्न अभाव

भूमिहीनलाई लालपुर्जाको सधैं आश्वासन

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!