आचारसंहिता उल्लंघनमा मतदान अधिकृतसहित तीन जना कारबाहीमा

सल्यान,३० कात्तिक ।
मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाका निर्वाचनका लागि छनौटमा परेका एक मतदान अधिकृत, एक सहायक मतदान अधिकृतसहित तीन जना कारबाहीमा परेका छन् । आचारसंहिताविपरीत काम गरेको भन्दै मतदान अधिकृत, सहायक मतदान अधिकृतसहित तीन जना कारबाहीमा परेका छन् ।

कारबाहीमा परेका बन्गाड कुपिन्डे नगरपालिकाको कुपिण्डेस्वरी प्रावि मतदान केन्द्रका मतदान अधिकृत बाग्चौर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनन्तराज गौतम, कालिमा प्रावि कजेरीमा सहायक मतदान अधिकृतमा नियुक्त गरिएका शिक्षक दलबहादुर खडका र नवसर्वसाधारण प्रावि रातामाटा ‘ख’ दार्मामा परेका सहायक चोपीलाल बस्नेत रहेका छन् ।

कुपिण्डेश्वरी प्रावि मतदान केन्द्रमा छनौटमा परेका अनन्तराम गौतमले आचारसंहिताविपरीत कर्मचारीको सरुवा गरेको र अन्यले निर्वाचन प्रचारप्रसारमा सहभागी भई आचारसंहिताविपरीत काम गरेको उजुरी परेपछि कारबाही गरिएको मुख्य निर्वाचन अधिकृत गिरिराज गौतमले बताए ।

आचारसंहिता उल्लंघन गरेका १२ जना मतदान अधिकृत, सहायक मतदान अधिकृतलगायत अन्यलाई पनि स्पष्टीकरण सोधिएको छ । जिल्लाका २ सय २ मतदान केन्द्र र १ सय १९ मतदानस्थलमा १ हजार ६ सय २३ जना कर्मचारी खटाइएकोमा लोक सेवा आयोगले निकालेको मौखिक परीक्षामा पास भएपछि छनौटमा परिसकेका र नियुक्तिका तयारी भइरहेका बेला १५ जना कर्मचारी छाडेर गएकाले केही समस्या भएको मुख्य निर्वाचन अधिकृत गिरिराज गौतमले जानकारी गराए ।

मतदान केन्द्र तथा मतदानस्थलको सुरक्षाका लागि १ हजार ९ सय ५० सुरक्षाकर्मी खटिएका र अहिले सबै कर्मचारी तथा सुरक्षाकर्मीलाई नियुक्ति दिएर मतदानस्थल तथा मतदान केन्द्रतिर खटाउने काम भइरहेको उनको भनाइ छ ।

कान्तिपुर

आचारसंहिता उल्लंघनमा मतदान अधिकृतसहित तीन जना कारबाहीमा

अस्पताल निर्माण र भौतिक पूर्वाधारमा जोड

आचारसंहिता उल्लंघनमा मतदान अधिकृतसहित तीन जना कारबाहीमा

कार्मारोङमा खाद्यान्न अभाव

Leave a comment

Your email address will not be published. Required fields are marked *