आमाछोरीको हत्या

काठमाडौं,२८ कात्तिक ।

नुवाकोटको दुप्चेश्वर गाउँपालिका–५ भंगेरीमा सोमबार साँझ आमाछोरीको हत्या भएको छ। धारिलो हतियार प्रयोग गरेर २० वर्षीया सम्झना पाण्डे (खतिवडा) र उनको छोरी तीन वर्षीया कृष्टिना खतिवडाको हत्या भएको दुप्चेश्वर गाउँपालिका–५ का वडाध्यक्ष मइतबहादुर तामाङले जानकारी दिए ।

उनका अनुसार धारिलो हतियार प्रयोग गरेर घाँटीसहित शरीरको विभिन्न अंगमा गहिरो चोट पु¥याएर उनीहरूको हत्या गरेको अवस्थामा घरको आँगनमा आमा र पिँढीमा छोरीको शव सोमबार साँझ ७ बजे भेटिएको हो।

प्रहरी चौकी समुद्रटारबाट गएको प्रहरीले घटनाको अनुसन्धान सुरू गरेको र जिल्लाबाट प्रहरी निरीक्षकको नेतृत्वमा थप प्रहरी त्यसतर्फ पठाइएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रवक्ता प्रहरी नायब उपरीक्षक रूपक खड्काले जानकारी दिए । उनका अनुसार घटनामा अपराध भएको पाइएकाले सोही अनुसार प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको छ।

सेतोपाटी

आमाछोरीको हत्या

गुर्भाकोट नगरपालिका द्वारा अपाङ्ग एकता समाज गुर्भाकोट

आमाछोरीको हत्या

देउवा र प्रचण्डले आज कर्णालीका दुई जिल्लामा

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!