गुर्भाकोट नगरपालिका द्वारा अपाङ्ग एकता समाज गुर्भाकोट लाई प्रिन्टर मेसिन अनुदानमा हस्तान्तरण

दिलिप ढकाल
सुर्खेत,२८ कात्तिक ।
गुर्भाकोट नगरपालिकाले अपाङ्ग एकता समाज गुर्भाकोट सुर्खेतलाई प्रिन्टर मेसिन अनुदानमा उपलब्ध गराएको छ । संस्थाको निरन्तर पैरवीका कारण नगरपालिकाले सो प्रिन्टर मेसिन प्रदान गरेको हो । गुर्भाकोट नगरपालिका जिन्सि शाखामा कार्यरत गणेश ओलीले संस्थाका अध्यक्ष उत्तम बि.क लाई उक्त प्रिन्टर मेसिन हस्तान्तरण गर्नु भएको हो ।

यस अघि पनि नगरपालिकाले संस्थालाई एक थान स्टिल दराज उपलब्ध गराएको थियो । संस्थामा प्रिन्टर मेसिन प्राप्त भएसंगै प्रिन्ट तथा फोटोकपि गर्न निकै सहज हुने गुर्भाकोट अपाङ्ग एकता समाज का अध्यक्ष उत्तम बिक ले जानकारी दिए । संस्थालाई महत्वपुर्ण सहयोग गरेकोमा गुर्भाकोट अपाङ्ग एकता समाजका अध्यक्ष उत्तम बिक सहित सम्पूर्ण सदस्य हरुले गुर्भाकोट नगरपालिका परिवार प्रति हार्दिक आभार व्यक्त गरेका छन्।






