चुनाव जिति सके प्रक्रिया पूरा गर्ने मात्रै बाँकीः उप सभापति खड्का

दुर्गा वि सी.
कात्तिक,२८ सुर्खेत ।
सिम्ता गाउँपालिकाको गोजिबजारमा भएको नेपाली कांग्रेसको चुनावी आमसभालाई नेपाली कांग्रेसको उप सभापति तथा क्षेत्र नं १ उम्मेदवार पुर्णवहादुर खड्काले सभालाई सम्वोधन गरेका छन् ।

आसन्न मंसिर ४ गतेको आम निर्वाचनलाई मध्यनजर गर्दै साझा लोकतान्त्रिक बाम–गठबन्धन परिचालन समिति सिम्ता सुर्खेतको आयोजनामा नेपाली कांग्रेस केन्द्रिय उप सभापति एवं लोकतान्त्रिक बाम गठबन्धनका प्रतिनिधिसभा सुर्खेत क्षेत्र नं.१ का उम्मेदवार खड्काको प्रमुख

आतिथ्यतामा भएको चुनावी सभामा ,ने.क.पा माओवादी केन्द्रका केन्द्रिय सदस्य सीता नेपाली,ने.क.पा माओवादी केन्द्रका केन्द्रिय सदस्य एवं समानुपातिक उम्मेदवार हरिमाया शर्मा गौतम ,ने.क.पा एकीकृत समाजवादी कर्णाली प्रदेश सदस्य जे.बि सुनार,नेपाली कांग्रेस जिल्ला कार्यसमिति सभापति एवं लोकतान्त्रिक बाम गठबन्धन सुर्खेत क्षेत्र नं.१प्रदेश (क) का उम्मेदवार खड्ग बहादुर पोखरेल,ने.क.पा माओवादी केन्द्र जिल्ला संयोजक जित बहादुर राना(रन्जित) लगायतका नेताहरुले सम्वोधन गरेका थिए ।

नेकपा एमालेबाट दर्जनौं स्थानीय नेता तथा कार्यकर्ता शुभेच्छुकले प्रवेश गरेको नेपाली कांग्रेस सिम्ताले जनाएको छ ।गोजि वजारमा भएको चुनावी सभालाई नेता खड्काले सम्बोधनका क्रममै जित सुनिश्चितता तर्फ अघि वढेको दावि गरे ।यसपालि आफ्नो प्रतिस्पर्धा  नभए महशुस गरेको खड्काको भनाइ रहेको थियोे ।

करिव डबल मतको अन्तरले आफुले चुनाव जित्ने दावि समेत रहेको छ ।देशमा गठबन्धनले दुईतिहाइ नतिजा ल्याउने र स्थाइत्वसँगै देशमा दिगो विकास स्थापना हुने कुरामा अठोट व्यक्त गरे ।आजको मुल आवश्यकता गठबन्धन रहेकोले यो भन्दा रतिभर दायाँबायाँ नगर्न उनको जोड रहेको थियोे ।

चुनाव जिति सके प्रक्रिया पूरा गर्ने मात्रै बाँकीः उप सभापति खड्का

संर्घष र सफलता :  चप्पलको भरमा घरबाट

चुनाव जिति सके प्रक्रिया पूरा गर्ने मात्रै बाँकीः उप सभापति खड्का

गुर्भाकोट नगरपालिका द्वारा अपाङ्ग एकता समाज गुर्भाकोट

Leave a comment

Your email address will not be published. Required fields are marked *