२०८३ आश्विन १७ गते
×

Now Playing

गाउँ बाल संजाल समिति बाफिकोटको बिबिध कार्यक्रम

प्रचण्ड खत्री
रुकुम पश्चिम,३० भदौ ।

गाउँ बाल क्ल्ब सन्जाल समिति बाफिकोट को बालमैत्री समाज को आधार: जिम्मेवार परिवार र उत्तरदायी सरकार भन्ने मुल नाराका साथ ५८ औ राष्ट्रिय बाल दिवस को अवसर मा अन्तरबिधालय स्तरीय बिधालय बिबिध प्रतियोगिता सम्पन्न भएको छ ।

सोहि अनुसार निम्नमाध्यमिक तह ६-८ को लोकनृत्य प्रतियोगिता मा स्यार्पुताल माबी स्यार्पु दह प्रथम ,बाल कल्याण माबी सिम्तारु दोस्रो ,बिरेन्द्र माबी बाफिकोट तेस्रो त्यस्तै माध्यमिक ९-१० को अङ्ग्रेजी हिज्जे प्रतियोगितामा बिरेन्द्र माबी बाफिकोट प्रथम, स्यार्पुताल माबी दोस्रो,बाल कल्याण माबी सिम्तारु तेस्रो भएको बताएको छ ।

बिजेता बिद्यार्थी र बिद्यालयलाई गाउँ शिक्षा समिति संयोजक एबम कार्यक्रम का प्रमुख अतिथी रत्न बहादुर केसि ,शिक्षा समिती सदस्य एबम १० न वडा अध्यक्ष हरि चन्द ,सहायक महिला बिकाश निरीक्षक पुष्पा ददेल र अतिथी हरुबाट कापी कलम ,प्रमाणपत्र र अबिरआबरण गरि पुरस्कार बितरण गरिएको थियोे ।

दिवसिय कार्यक्रम मा मात्र बालबालिका लाई सिमित नराखि संविधान र ऐन मा ब्यबस्था भएका बालबालिका सम्बन्धि ती ऐन र नियमहरुलाइ ब्यबहारिक रुपमा बाफिकोटमा कार्यान्वयन गर्न का लागि आबश्यक पहल कदमी लिइ बालबालिका को क्षेत्र लाई ब्यबस्थित गर्नु हामी सबै को साझा दायित्व र चुनौती का रुप मा अघि उभिएको छ। अब को अभियान यसरी जानू अपरिहार्य बनिसक्यो ।

गाउँ बाल संजाल समिति बाफिकोटको बिबिध कार्यक्रम

नक्कली प्रमाणपत्र पेश गरी जागिर खाने सव–इन्जिनियर

गाउँ बाल संजाल समिति बाफिकोटको बिबिध कार्यक्रम

कर्णाली प्रदेशसभाको ५ बर्षमा : ८३ विधेयक

Leave a comment

Your email address will not be published. Required fields are marked *