२०८३ आश्विन १७ गते
×

Now Playing

नक्कली प्रमाणपत्र पेश गरी जागिर खाने सव–इन्जिनियर विरुद्ध मुद्धा

सुर्खेत, ३० भदौं ।
सल्यान जिल्लाको दार्मा गाउँपालिकामा नक्कली शैक्षिक योग्यताको प्रमाण पत्र पेश गरेर करार जागिर खाएका सब–इन्जिनियर विरुद्ध मुद्धा दर्ता गरिएको छ । दार्मा गाउँपालिकामा करार पदमा कार्यरत विष्णु रोकाय विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय सुर्खेतको अनुसन्धानपछि अख्तियारको केन्द्रीय कार्यालयले विशेष अदालतमा मुद्धा दर्ता गरेको छ ।

दार्मा गाउँपालिकामा कार्यरत तत्कालीन करार सव–इन्जिनियर विष्णु रोकायको सम्पूर्ण मार्कसिटहरु नक्कली रहेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा जिल्ला सल्यान, दार्मा गाउँपालिका सल्यानको सव–इन्जिनियर पदमा मिति २०७४।९।१६ देखि २०७६।०२।०८ सम्म करारमा नियुक्ति भई कार्य गरेका विष्णु रोकायले नियुक्तिका वखत पेश गरेको डिप्लोमा सिभिल इन्जिनियरको शैक्षिक प्रमाणपत्र पाल्पा इन्जिनियरिङ कलेज तानसेन पाल्पाबाट जारी भएको भनी झुट्टा प्रमाणपत्र बनाई पेश गरिएको भेटिएको हो ।

राष्ट्रसेवकको ओहदामा बहाल रही आफूलाई लाभ वा सुविधा पाउने उद्देश्यले डिप्लोमा सिभिल इन्जिनियरको शैक्षिक योग्यताको झुट्टा (नक्कली) प्रमाणपत्र पेश गरेको देखिँदा निज विष्णु रोकाय उपर भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुरमा सोही ऐनको दफा १६ को उपदफा (१) बमोजिम समेतको सजाय हुन मागदावी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र दफा ३५ एवं भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम बुधबार विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरिएको प्रवक्ता श्याम प्रसाद भण्डारीले जानकारी दिए ।

नक्कली प्रमाणपत्र पेश गरी जागिर खाने सव–इन्जिनियर विरुद्ध मुद्धा

वीरेन्द्रनगर मुख्य बजारको सडक विस्तारको काम शुरु

नक्कली प्रमाणपत्र पेश गरी जागिर खाने सव–इन्जिनियर विरुद्ध मुद्धा

गाउँ बाल संजाल समिति बाफिकोटको बिबिध कार्यक्रम

Leave a comment

Your email address will not be published. Required fields are marked *