गुर्भाकोटको १ र १४ मा एमाले विजयी

दिलिप ढकाल
गुर्भाकोट, १ जेष्ठ ।
पूर्वि सुर्खेतको गुर्भाकोट नगपालिकाका दुई वटा वडामा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । गुर्भाकोट नगरपालिका वडा नं. १ मालारानी र वडा नं. १४ गुमीमा एमाले उम्मेदवार विजयी भएका हुन । गुर्भाकोट नगरपालिका वडा नं. १ मा नेकपा एमालेको प्यानलनै बिजयी भएको हो ।

नेकपा एमालेको तर्फबाट वडा अध्यक्षको उमेद्वार बनेका राम बहादुर शाहीले आफ्ना निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसका उम्मेदवार ओबिलाल थापालाई पराजित गरेका हुन् ।

विजयी शाहीले ६७९ मत पाउँदा उनका प्रतिद्वन्दी ओबिलाल थापाले ५७५ मत प्राप्त गरेका थिए । गुर्भाकोट १ मा नेकपा एमालेको प्यानल नै बिजयी भएको छ ।

त्यसैगरी गुर्भाकोट नगरपालिका वडा नं. १४ गुमीमा पनि नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । वडा अध्यक्ष पदका नेपाली काँग्रेसका उम्मेदवारसंग ४ मतान्तरले नेकपा एमालेका उम्मेदवार चन्द्र बहादुर घर्ती विजयी भएका छन् । औपचारिक रुपमा विजयीहरुको घोषणा हुन भने बाँकी रहेको छ ।

गुर्भाकोटको १ र १४ मा एमाले विजयी

बराहताल–२ मा एमालेको प्यानलै विजयी

गुर्भाकोटको १ र १४ मा एमाले विजयी

सुर्खेतका ९९ वडा मध्ये ६/६ वडामा एमाले–काँग्रेस

Leave a comment

Your email address will not be published. Required fields are marked *