लिमीमा सार्वजनिक विकासको काम गर्न पाउने उमेर बढाइयो

हुम्ला,२८ मंसिर ।
नाम्खा गाउँपालिका–६ को हिमालपारिको गाउँ लिमीका तीन गाउँमा सार्वजनिक विकासका काम गर्न पाउने उमेर बढाइएको छ ।
यसअघि सो काम गर्ने उमेर ज्यादै कम भएको भन्दै गाउँवासीको साझा निर्णयद्वारा सो उमेर वृद्धि गरिएको हो । लिमीका वडा अध्यक्ष पाल्जोर तामाङले यसअघिको निर्णयलाई पुनः विचार गर्दै लिमीमा सार्वजनिक विकासे काम गर्न पाउने उमेर ६५ वर्षसम्मका नागरिकले गर्न पाउने निर्णय भएको बताए ।
यसअघि सो काम गर्न साठी वर्ष उमेर राखिएको थियो । उनले स्थानीयको पहिलो उमेर निक्कै कम भएको भन्ने गुनासो आएपछि त्यस मागि पुनः विचार गरेर बढाइएको बताए । यसवर्षको तीन गाउँको साझा गाउँ सभाबाट सो उमेर वृद्धि गरिएको हो । ६५ वर्ष भन्दामाथिका नागरिकबाट गुणस्तरीय काम हुन नसक्ने भन्दै गाउँको साझा निर्णय अनुुसार विकासे काम गर्न नपाइने गरेको हो ।
यससँगै जेष्ठ नागरिकको सम्मानका लागि पनि त्यो निर्णय गर्नुपरेको उनले बताए । लिमी तील गाउँका फुुर्वा लामाले सबैले बराबरी काम गर्नुुपर्ने मान्यता अनुुसार उनिहरुलाई सार्वजनिक विकासे काम गर्न नलगाउने निर्णय भएको बताए । उनिहरुले आफ्नो घरको काम गर्न भने पाउनेछन् । पैँसट्टी वर्षभन्दा माथिका नागरिक एक सय पचास जना छन ।
गाेरखापत्र






