ज्येष्ठ नागरिकद्वारा विद्यालयलाई पाँच रोपनी जग्गा प्रदान

हुम्ला,२८ मंसिर ।

एक जना ७५ वर्षका ज्येष्ठ नागरिकले विद्यालयलाई निःशुल्क जग्गा सहयोग गरेका छन्  । जग्गाको अभाव खेपिरहेको विद्यालयलाई नयाँ भवन निर्माणका लागि सहज बनाउन उनले  जग्गा सहयोग गरेका हुन ।

सिमकोट गाउँपालिका – ८ का वडा अध्यक्ष कमल बुढाका अनुसार स्याँडा गाउँका ज्येष्ठ नागरिक सिंहबहादुर बुढाले पाँच रोपनी जग्गा विद्यालयलाई निःशुल्क सहयोग गरेको बताए  । गाउँकै सैपाल माध्यमिक विद्यालयलाई उनले सो जग्गा उपलब्ध गराएका हुन  ।

जग्गा अभावमा विद्यालयले नयाँ भवन बिस्तार गर्न नसकेको समयमा बुढाले निःशुल्क जग्गा दिएर विद्यालयलाई ठूलो गुन लगाएकाे  बताए ।

जग्गा विद्यालयसँगै जोडिएको छ । वडा अध्यक्ष बुढाले विद्यालयले सो जग्गा खरिद गर्ने तयारीमा रहेका बेला उनले जग्गा निःशुल्क सहयोग गरेका  कारण सहज भएको बताए  । सो जग्गा विद्यालयका नाममा नामसारी समेत भइसकेको छ ।

जग्गा दिएपछि बुढाले विद्यालय सबैको साझा स्थान भएकाले मनैदेखि निःशुल्क दिने इच्छा भएका कारण विद्यालयलाई सो जग्गा उपलब्ध गराएको बताए  । सहयोग गरिएको जग्गामा विद्यालयको भवन बन्न सकेमा विद्यार्थीलाई पठनपाठनमा सहज हुने विश्वास व्यक्त गरे ।

गाेरखापत्र 

ज्येष्ठ नागरिकद्वारा विद्यालयलाई पाँच रोपनी जग्गा प्रदान

लिमीमा सार्वजनिक विकासको काम गर्न पाउने उमेर

ज्येष्ठ नागरिकद्वारा विद्यालयलाई पाँच रोपनी जग्गा प्रदान

नगर प्रहरी भर्ना विरुद्ध उच्च अदालतमा रिट

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!