सल्लेमा हाडजोर्नी सेवाको तयारी

रुकुम पश्चिम,२८ मंसिर ।

रुकुम पश्चिमको जिल्ला अस्पताल सल्लेबाट हाडजोर्नीसम्बन्धी विशेषज्ञ सेवा सुचारु गर्ने तयारी थालिएको छ । जिल्ला अस्पतालका अनुसार विशेषज्ञ सेवा सञ्चालनार्थ उपकरण खरिदको प्रक्रिया अगाडि बढाइएको छ । अस्पताल प्रमुख एवं हाडजोर्नी तथा नसा रोग विशेषज्ञ डा. सुशील पोखरेलले सेवा दिनका लागि तयारी थालिएको बताए ।

एनेस्थेसिया मेसिन, फ्याक्चर टेवल, अटो क्लेभ, सी–आरएम लगायत ट्रमा सर्जनका लागि आधारभूत उपकरण खरिद गर्न २ करोड १५ लाखमा ठेक्का आह्वान गरिएको अस्पताल प्रशासनले जनाएको छ । खरिदको काम सकिएपछि फागुनको पहिलो साताबाट सेवा सञ्चालन गर्ने अस्पतालको तयारी छ ।

हाल जिल्ला अस्पतालबाट यस्ता बिरामीको सामान्य उपचार गर्नेबाहेक अरुलाई जिल्लाबाहिर पठाउनुपर्ने बाध्यता छ । यो सेवा सुचारु भएपछि रुकुम पश्चिमसँगै रुकुम पूर्व, रोल्पा, डोल्पा, जाजरकोट र सल्यानका बिरामीलाई राहात पुग्ने अस्पताल व्यवस्थापन समितिका अध्यक्ष टेकबहादुर कुसारीले बताए ।

कान्तिपुर 

सल्लेमा हाडजोर्नी सेवाको तयारी

गाउँपालिका १० महिनादेखि लेखापालविहीन

सल्लेमा हाडजोर्नी सेवाको तयारी

’मेरो आत्माले शान्ति पाओस्’ भन्ने पत्र छोडी

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!