गाउँपालिका १० महिनादेखि लेखापालविहीन

मुगु ,२८ मंसिर ।

सोरु गाउँपालिकामा झन्डै १० महिनादेखि लेखापाल नहुँदा आर्थिक कामकाज ठप्प छ । गाउँपालिकामा फागुनदेखि लेखापाल छैनन् । पालिकामा कार्यरत लेखापाल जेटबहादुर बुढा फागुनमा सरुवा भएपछि उनको ठाउँमा अर्को लेखापाल नपठाइँदा पालिका लेखापालविहीन भएको हो ।

लेखापाल नहुँदा विभिन्न योजनाका रकम भुक्तानी गर्नसमेत बाधा परेको छ । लेखापाल नभएकै कारण लामो समयदेखि कर्मचारीले तलब पनि पाएका छैनन् । सदरमुकाम गमगढीस्थित कोष तथा लेखा नियन्त्रण कार्यालयबाट २ देखि ५ दिनको लागि लेखापाल पठाएर स्थायी कर्मचारीको तलब र सामाजिक सुरक्षा भत्ता निकासा गर्ने गरिएको छ ।

तर करारका कर्मचारी भने स्थायी लेखापाल नहुँदा तलबभत्ताबाट वञ्चित छन् । ल लेखापाल नभएकै कारण प्रशासनिक सेवाप्रवाहमा समस्या भएको प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र मल्ले बताए । उनका अनुसार धेरै गाउँपालिकाका अधिकांश विकास योजनाका मुद्दा अख्तियारमा उजुरी पर्ने गरेकाले यहाँ लेखापाल आउन नमानेका हुन् ।

सोरु गाउँपालिकाबाट गत वर्ष मात्रै १७ वटा मुद्दा अख्तियारमा परेका थिए । ‘अख्तियारमा मुद्दा परेपछि सबैभन्दा धेरै तनाब लेखापाललाई नै हुन्छ,’ उनले भने, ‘अन्य आर्थिक कामकाजमा जनप्रतिनिधिले अनावश्यक दवाव दिने गरेका कारण पनि यहाँ लेखापाल आउन मान्दैनन् ।’

लेखापाल नहुँदा चालु आर्थिक वर्षका योजनाहरू अन्योलमा परेको गाउँपालिका अध्यक्ष धर्मबहादुर शाहीले बताए । ‘लेखापाल खोज्दै कोष नियन्त्रण कार्यालय तथा संघ र प्रदेशका मन्त्रालय गुहार्नुपर्ने बाध्यता छ,’ उनले भने, ‘पहिलेका लेखापाल सरुवा भएपछि अरु आउन मान्दैनन् ।’

कान्तिपुर 

गाउँपालिका १० महिनादेखि लेखापालविहीन

सुर्खेतमा प्रहरीलाई अनुसन्धान अभियोजन प्रशिक्षण

गाउँपालिका १० महिनादेखि लेखापालविहीन

सल्लेमा हाडजोर्नी सेवाको तयारी

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!