’मेरो आत्माले शान्ति पाओस्’ भन्ने पत्र छोडी हुम्लामा एक किशोरी बेपत्ता

हुम्ला,२८ मंसिर ।

सोमबार दिउँसोबाट सिमकोट गाउँपालिका–८ खोल्सीगाउँकी एक किशोरी बेपत्ता भएकी छन् । १५ वर्षीया परेउकला सिंहले ’मेरो आत्माले शान्ति पाओस्’ भन्ने शीर्षकको एउटा पत्र छोडी बेपत्ता भएको परिवारका सदस्यले बताए ।

जिल्ला प्रहरी कार्यालय हुम्लाका अनुसार बेपत्ता हुनुअघि सिंहले छोडेको उक्त पत्र सिंहका आफन्तले प्रहरी चौकीलाई बुझाएका छन् । सोही पत्रका आधारमा प्रहरीले नजिकैको कर्णाली नदी आसपासतिर खोजी गरेको छ । उनको पत्रका आधारमा उनी नदीमा हामफालेको हुनसक्ने प्रहरीले आशंका गरेको छ ।

छोरी बेपत्ता भएपछि सिंहका परिवारले उनीसँग प्रेम सम्बन्ध रहेको भन्दै एक युवकविरुद्ध प्रहरीमा उजुरी दिएका छन् । मंगलबार प्रहरी र स्थानीय मिलेर सिंहको खोजी गरिरहेको हुम्लाका निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक दीपक मल्लले बताए ।

कान्तिपुर 

’मेरो आत्माले शान्ति पाओस्’ भन्ने पत्र छोडी हुम्लामा एक किशोरी बेपत्ता

सल्लेमा हाडजोर्नी सेवाको तयारी

’मेरो आत्माले शान्ति पाओस्’ भन्ने पत्र छोडी हुम्लामा एक किशोरी बेपत्ता

कर्णालीका वादी समुदायले पाएनन् जमिन

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!