जाजरकोटको नलगाडमा अत्यधिक मत बदर

जाजरकोट । जाजरकोटको नलगाड नगरपालिकामा अत्यधिक मत बदर भएको छ । नगरपालिकाको मेयर र उपमेयर पदको मत बदर भएको हो।

वडानम्बर १ र १३ को १०० मत गणना हुँदा मेयरमा ८३ मत बदर भएको छ । हालसम्मको गणना अनुसार मेयरमा माओवादीका डम्बरबहादुर रावतले ४८४ मत पाएका छन् भने एमालेका धर्मबहादुर शाहीले १७२ मत पाएका छन् । स्वतन्त्र उम्मेदवारले ६६ मत पाएका छन् ।

उपमेयरमा अझैं बढी मत बदर भएको छ । उपमेयरमा हालस्मम २२५ मत बदर भएको छ । उपमेयरमा कांग्रेसकी सरिता सिंहले ३३८ मत पाएकी छन् भने एमालेका सुनिता बोहोराले १४१ मत पाएकी छन् । स्वतन्त्रको ३६ मत छ । उपमेयरमा दोस्रो स्थानमा रहेको एमालेको मतभन्दा बदर मत बढी छ ।

नलगाडमा कांग्रेस र माओवादीको गठबन्धन भएको छ । मेयर माओवादी र उपमेयरमा कांग्रेसका उम्मेदवार छन् ।

जाजरकोटको नलगाडमा अत्यधिक मत बदर

सुर्खेतको बराहताल १ मा माओवादीको प्यानल विजयी

जाजरकोटको नलगाडमा अत्यधिक मत बदर

राप्रपाले २५ वर्षपछि खाता खोल्योः जुम्लामा २

Leave a comment

Your email address will not be published. Required fields are marked *