२०८३ जेष्ठ ३० गते
×

Now Playing

बहुविवाह गर्ने फरार जोडी पक्राउ

सुर्खेत, २ फागुन ।
बहुविवाह गरेर फरार रहेको एक जोडी सोमबार वीरेन्द्रनगरबाट पक्राउ परेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरी टोली वीरेन्द्रनगर–१२ सहकारी चोक नजिकबाट उक्त जोडीलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा वीरेन्द्रनगर–५ चिसापानी बस्ने ३७ बर्षिय भिम बहादुर सुनार र सोही स्थान बस्ने बर्ष ३३ का जानकी सुनार पक्राउ परेका छन् । जिल्ला अदालत सुर्खेतबाट बहुविवाह मुद्धमा ११ महिना ६ दिन कैद सजाय र पाँच हजार जरिवाना भिम बहादुर सुनारलाई फैसला भएको थियो ।

११ महिना ६ दिन कैद सजाय पाँच हजार जरिवाना जानकी सुनारलाई फैसला भएको थियो । दुवैले कैद भुक्तान नगरी फरार रहेको हुँदा कैद भुक्तानी गर्नका लागि पक्राउ गरी जिल्ला अदालत सुर्खेतमा बुझाइएको प्रहरीले जानकारी दिएको छ ।

त्यसैगरी भवितव्य ज्यान मुद्धमा पाँच सय जरिवाना भएका ३८ बर्षिय खगेन्द्र बहादुर राजी सहित फरार ३ नजा अभियुक्तहरुलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको सादा पोशाकको प्रहरी टोलीले पक्राउ गरी जिल्ला अदालत सुर्खेतमा पेश गरेको जनाइएको छ ।

बहुविवाह गर्ने फरार जोडी पक्राउ

कर्णाली प्रदेश आयुर्वेद औषधालयमा सेवाग्राहीको भिड, अस्पताल

बहुविवाह गर्ने फरार जोडी पक्राउ

अदुवाले मुल्य नपाएन , सुठो कुहियो ।

Leave a comment

Your email address will not be published. Required fields are marked *