विपन्न बालिकाको हुनसकेन शल्यक्रिया

सुर्खेत,२७ मंसिर ।
घाँस काट्ने क्रममा भीरबाट लडेर गम्भीर घाइते हुनुभएकी कालिकोटकी एक बालिकाको आर्थिक अभावले उपचारमा समस्या भएको छ । पलाँता गाउँपालिका वडा नम्बर ७ पारौटीकी १६ वर्षीया हिरकला बमको टाउकोमा गम्भीर चोट लागेकाले कर्णाली प्रदेश अस्पताल सुर्खेतमा शल्यक्रिया गर्नुपर्ने भएपछि समस्यामा परेको हो ।
दाताको सहयोगमा उपचार गराइरहेकी बालिकाको थप उपचारमा अस्पतालले ३ देखि ४ लाख रुपियाँसम्म लाग्ने बताएको धिरज बमले जानकारी दिए ।
बमका अनुसार बालिकाका बुबाआमा शारीरिकरुपमा अशक्त छन्र । मङ्सिर २० गते घाँस काट्ने क्रममा भीरबाट ४ सय मिटर तल खसेएकी हिरकलाको २४ घण्टापछि उद्धार गरिएको थियो । हाल उनको आइसियूमा राखेर उपचार भइरहेको छ ।
गाेरखापत्र





