जुम्लामा १५० मेगावाटको जलविद्युत परियोजना अगाडि बढ्ने

जुम्ला, २७ मंसिर  ।

बिजुलीको क्षमता अपुग भइरहेको जुम्लामा १५० मेगावाटको जवा तिला जलविद्युत् परियोजना अगाडि बढ्ने भएको छ । नेपाल विद्युत् प्राधिकरणको बोर्ड बैठकले १५० मेघावाटको उक्त परियोजना अगाडि बढाउने भएको हो ।

ऊर्जा, जलस्रोत, तथा सिँचाइमन्त्री पम्फा भुसालको अध्यक्षतामा बुधबार बसेको प्राधिकरणको बोर्ड बैठकले करिब ३५ अर्ब लगानी बराबरको जलविद्युत् परियोजना अगाडि बढाउने निर्णय भएको हो ।

मन्त्रालयका अनुसार सो जलविद्युत् परियोजना २०७८ साल असोज महिनामा अगाडि बढाउन डेक्स स्टडीसहित जुम्लाबाट कर्णाली प्रदेशमा प्रतिनिधित्व गर्ने निवर्तमान सांसद तथा कर्णालीका पूर्वमन्त्री नरेश भण्डारीले एक वर्ष अघि निवेदन दर्ता गरेका थिए  । सोही अनुसार नेपाल विद्युत् प्राधिकरणले प्रक्रिया अगाढि बढाएको हो ।

जुम्ला र कर्णालीका लागि आफ्नै पानीबाट उत्पादन हुने मेगावाटस्तरको जलविद्युत क्षेत्रमा बृहत् परियोजना अगाडि बढ्ने भएपछि दीर्घकालीन बिजुलीको व्यवस्थापन हुने भन्दै जुम्लाका स्थानीय समुदाय खुसी भएका छन् ।

कर्णाली प्रदेशका पूर्वमन्त्री नरेश भण्डारीले तिला र जवाको पानी प्रयोग गर्नेगरी परियोजना अगाडि बढ्ने भएको जानकारी दिए । पातारासी गाउँपालिकाका स्थानीय गोरबहादुर बुढाले यो योजनाले जुम्लाको आर्थिक जीवनमा ठूलो सहयोग हुने बताए  ।

गाेरखापत्र 

जुम्लामा १५० मेगावाटको जलविद्युत परियोजना अगाडि बढ्ने

विपन्न  बालिकाको हुनसकेन शल्यक्रिया

जुम्लामा १५० मेगावाटको जलविद्युत परियोजना अगाडि बढ्ने

दुर्घटनामा परी बेपत्ता भएका दुई जनाको शव

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!