चिङ्गाडमा अविरल बर्षाका कारण अवरुद्ध भएको सञ्चार सेवा अझै बनेन

सुर्खेत, २७ असोज ।

असोज १९ गते देखी परेको अविरल बर्षाका कारण बिग्रेको नेपाल टेलिकमको टावर हालसम्म पनि संचालनमा आएको छैन । चिङ्गाड गाउँपालिकामा रहेको एक मात्रै टेलिकमको टावर सुचारु नहुदा जनता मर्कामा परेका छन ।

दुई दिन घाम नलाग्दा बन्द हुने उक्त सोलारबाट चल्ने टावरमा ब्याट्री कम रहेको अनुमान गरिएको छ। गाउँपालिकाले हालसम्म संचार सेवा अवरुद्ध हुँदा पनि कुनै सूचना सार्वजनिक गरेको छैन ।

गाउपालिकाकी उपाध्यक्ष मिना कुमारि रोकायाले चट्रयाङ्क पर्छ भनि बन्द गरेको बताएकि छन् । उनले शुक्रबार सम्म सञ्चार सेवा सुचारु ह्ुने जानकारि दिएकि छन् ।

अवरुद्ध संचार सेवाका कारण व्यावसायि, बिध्यार्थी , शिक्षक , किसान सबैमा समस्या निम्तिएको छ । यसपटक मात्रै हैन, बर्सेनि आउने यस्ता समस्या चिङ्गाडी जनताले भोग्दै आइरहेका छन। स्थानीय सरकार मुखदर्शक बनेको छ। आधारभुत आवश्यकता परिपुर्ति गर्न नसक्ने स्थानिय सरकारबाट जनताले के आभास गर्ने ?

अझ बिग्रेको सडक संजाल बुधबार देखि संचालनमा आएको छ। अवरुद्ध भएको नेपाल टेलिकमको टावर छिटोभन्दा छिटो सुचारु होस् जनताले यहि अपेक्षा गरेका छन ।

चिङ्गाडमा अविरल बर्षाका कारण अवरुद्ध भएको सञ्चार सेवा अझै बनेन

नेपाल प्रहरीको महिला क्रिकेट टिम दोस्रो खेलमा

चिङ्गाडमा अविरल बर्षाका कारण अवरुद्ध भएको सञ्चार सेवा अझै बनेन

नेकपा माओवादी केन्द्रका प्रदेश क का उम्मेदवार

Leave a comment

Your email address will not be published. Required fields are marked *