नेपाल प्रहरीको महिला क्रिकेट टिम दोस्रो खेलमा पनि विजयी

काठमाडौं, २७ असोज ।

पोखरामा आयोजित नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा नेपाल प्रहरीको महिला क्रिकेट टिम दोस्रो खेलमा पनि विजयी भएको छ । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत बुधबार भएको महिला २०–२० क्रिकेट खेलमा नेपाल पुलिस क्लब दोस्रो खेलमा पनि विजयी भएको हो।

११ औं राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले दोस्रो खेलमा १ नम्बर प्रदेशलाई ११८ रनले पराजित गरेको छ। पोखरा रंगशालास्थित क्रिकेट मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको नेपाल पुलिस क्लबले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा १५८ रनको योगफल बनाएको थियो।

जवाफी ब्याटिङमा आएको १ नम्बर प्रदेशले २० ओभरमा ८ विकेटको क्षतिमा ४० रन मात्र बनाएको थियो। प्रतियोगिता अन्तर्गत ब्याटिङतर्फ नेपाल पुलिस क्लबकी कविता कुँवरले ३७ रन, काजल श्रेष्ठले ६ रन, सम्झना खड्काले ६० रन, अप्सरी बेगमले २१ रन र रुबिना क्षेत्रीले १६ रन जोडिन् ।

बलिङतर्फ नेपाल पुलिस क्लबकी सबनम राई, कविता कुँवर र कविता जोशीले समान १ विकेट लिए भने हिरुमई रायले ३ विकेट लिइन े। खेलमा ४३ बलमा १० चौकसहित ६० रन बनाउनुभएकी नेपाल पुलिस क्लबकी सम्झना खड्का प्लेयर अफ द म्याच घोषित भएकि छन् ।

जितसँगै नेपाल प्रहरीको महिला क्रिकेट टिम समूह ‘बी’ मा ४ अंकसहित पहिलो स्थानमा पुगेको छ। टिमले असोज २८ गते लुम्बिनी प्रदेशसँग तेस्रो खेल खेल्ने छ।

गोरखापत्र

नेपाल प्रहरीको महिला क्रिकेट टिम दोस्रो खेलमा पनि विजयी

माओवादीका २० सांसद चुनावी मैदानमा

नेपाल प्रहरीको महिला क्रिकेट टिम दोस्रो खेलमा पनि विजयी

चिङ्गाडमा अविरल बर्षाका कारण अवरुद्ध भएको सञ्चार

Leave a comment

Your email address will not be published. Required fields are marked *