कर्णाली बसेका लघुवित्तका बिज्ञ डा.पोख्रेल अर्थमन्त्रीको टीममा

काठमाडौं, २९ फागुन ।
अर्थमन्त्री जनार्दन शर्माले आफ्नो मन्त्त्रालयमा सल्लाह तथा परामर्शका लागी डा. शालिकराम पोख्रेललाई नियुक्त गरेका छन् । बैकिङ्ग तथा वित्तीय प्रणालीका साथै विविध क्षेत्रमा देखिएका समस्या अध्ययन गरी अर्थमन्त्री शर्माले नेपाल राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागमा कार्यरत डा. पोख्ररेललाई एक पत्र पठाएर आफ्नो मन्त्रालयमा झिकाएको डा. पोखरेलले एक कार्यक्रममा बताएका छन् ।

दश बर्ष भन्दा बढी नेपाल राष्ट्र बैंकको अनुसन्धान विज्ञ रहेर मौद्रिक निती लेखन तथा नितिगत ब्यबस्था सुधारका लागि उल्लेख्य काम गरेका छन् । अर्थ र बैङ्किङ् क्षेत्रका विज्ञका रुपमा परिचित डा. पोखरेलसंग कर्णाली प्रदेशमा नेपाल राष्ट्र बैंकको पहिलो प्रदेश प्रमुख रुपमा समेत दुई बर्ष काम गरेरे अब्बल अनुभव छ ।

लघुवित्तका लगानीकर्ताहरुको साझा संस्था माईक्रोफाईनान्स एसोसिएसन अफ नेपाल (एमफान) को दोस्रो बार्षिक साधारण सभामा बोल्दै अर्थमन्त्रालयमा आफुलाई नियुक्त गरेको खुलासा गरेका हुन् ।

लघुवित्तको बिषयमा बिद्यावारिधी गरेका डा. पोखरेलसहित एमफानले नेपाल सरकारका पूर्व सचिव डा. मान बहादुर बिश्वकर्मा, त्रिभुवन बिश्वविद्यालयका उपप्रध्यापक डा. भरत सिंह थापा, त्रिभुवन बिश्वविद्यालयका प्राध्यापक पुष्पराज शर्मा, अर्थविद नरहरि ढकाललाई लघुवित्त क्षेत्रमा बिद्यावारिधी गरेकोमा सम्मान गरेको छ ।

डा. पोखरेलको १० बर्ष भन्दा बढी नेपाल राष्ट्र बैंक अनुसन्धान विभागमा रहेर मौद्रिक निती लेखन तथा नितिगत ब्यबस्थाका लागि थुप्रै अनुसन्धान गरेको अनुभव छ ।

डा.पोखरेल ले कर्णाली प्रदेश मा नेपाल राष्ट्र बैंकको नयाँ प्रदेश कार्यालय स्थापना गर्ने र संचालनको ब्यबस्था मिलाएको चुनौतिपूर्ण कामको अनुभव गरी २ बर्ष कर्णाली प्रदेश मा नेपाल राष्ट्र बैंक प्रदेश कार्यालयको प्रमुख रहेका थिए ।

उनले नेपालको आन्तरिक उत्पादन बृद्धी तथा अर्थतन्त्रको दिगो बिकासका लागी साना मझौला तथा घरेलु उद्योग र लघुवित्त क्षेत्रमा निकै अनुभव हाँसिल गरेका छन् । चुनौती लाई कुशलता पूर्वक ब्यबस्थापन गर्ने साहसिक अर्थविदको रुपमा चिनिने डा.पोख्ररेलका अनुसन्धानमुलक आर्थिक बिषयका लेखहरु राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पत्रपत्रिकाहरुमा प्रकाशित भएका छन् ।

लघुवित्त विज्ञनै अर्थमन्त्रालयको बिज्ञको रुपमा नियुक्त भएपछि लघुवित्त क्षेत्रको समस्या हल हुनेमा लघुवित्त लगानीकर्ताहरुले आश गरेका छन् । एमफानका संचालक तथा सुपर लघुवित्तका अध्यक्ष किरण चौधरीले भने ‘डा. पोख्ररेल अर्थमन्त्रालयमा नियुक्त हुनुभयो, अर्थमन्त्रीसगं लघुवित्त समस्याका बिषयमा छलफल गरि समाधानको उपाय पक्कै दिनुहुनेछ भन्नेमा हामी आशावादी छौ ।’

कर्णाली बसेका लघुवित्तका बिज्ञ डा.पोख्रेल अर्थमन्त्रीको टीममा

मानवीय क्रियाकलापले भू–जलाधार जोखिम बढ्दै

कर्णाली बसेका लघुवित्तका बिज्ञ डा.पोख्रेल अर्थमन्त्रीको टीममा

राष्ट्रपति रनिङ्ग शिल्ड तथा मेयर कप प्रतियोगिता

Leave a comment

Your email address will not be published. Required fields are marked *