राष्ट्रपति रनिङ्ग शिल्ड तथा मेयर कप प्रतियोगिता सुरु

मोहन सिंह
खलंगा (जाजरकोट), २९ फागुन ।
भेरी नगरपालिकाको आयोजनामा नगरपालिका अन्तर बिद्यालय स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड तथा मेयर कप प्रतियोगिता सुरु भएको छ । नगरपालिकाको भेरी त्रिबेणी माबि रिम्नामा आइतबारदेखि सुरु भएको छ ।
कार्यक्रममा विभिन्न खेलहरु भलिबल, दौड, टेक्वाण्डो, कराँते, कबर्डी, हाइजम्प, लम्जजम लगायका छनौट खेलहरु हुने जनाइएको छ । छनौंट खेलको उद्घाटन गर्दै भेरी नगरपालिकाका नगर प्रमुख चन्द्र प्रकाश घर्तीले आर्थिक विकास, सुशासन, शान्ति र समृद्धि अनि एकताको लागि खेलकुदको विकासलाई अगाडि बढाउँदै खेलको माध्यमद्वारा विश्व विजेता नेपाल बन्नुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो ‘खेलकुदको क्षेत्रबाट विकास सम्भव देखिँदै गर्दा खेलकुद विकासका लागि सबै क्षेत्र हातेमालो गर्दै एकजुट हुन अब ढिला नगरी खेलकुदबाटै जाजरकोटलाई चिनाउने इच्छाका साथ मैले खेलकुुदलाई छुट्टाइएको बजेट (रकम) अन्य ठाउँमा हैन खेलकुदमै प्रयोगमा गरिनेछ ।’
नगरपालिका अन्तरगतका दश वटा बिद्यालयहरुबाट बिद्यालयको ब्यानर, नेपालको झण्डा, खेलाडी पोशाकसहित सम्पूर्ण बिद्यालयका शिक्षक, विद्यार्थीहरुको उपस्थिति रहेको थियो । शास्त्रले होईन, देशले खेलकुदका माध्यमद्वारा विश्वको बिजेता बन्नसक्ने बताउनुभयो ।
भेरी नगरपालिका प्रमुख चन्द्र प्रकाश घर्तीले गरेको उद्घाटन कार्यक्रममा जाजरकोटका प्रमुख जिल्ला अधिकारी, प्रमुख जिल्ला समन्वय समिति, चन्दनाथ गण प्रमुख, प्रहरी नायब उपरीक्षक मधु कुमार थापा लगायतको उपस्थिति रहेको थियो ।










