मानवीय क्रियाकलापले भू–जलाधार जोखिम बढ्दै

सल्यान, २९ फागुन ।
संघीय प्रतिनीधि सभाका सदस्य टेकवहादुर बस्नेतले सबै तहका सरकार जिम्मेवार भएर विपद् न्यूनिकरणमा लाग्नु पर्ने बताउनुभयो । मानवीय कृयाकलाप वातावरणमैत्री हुन नसक्दा मान्छेकै लागि चुनौतिको रुपमा आईलागेकाले यसतर्फ समयमै ध्यान दिनुपर्ने बताउनुभयो ।
भू तथा जलाधार ब्यवस्थापन कार्यालय सुर्खेतले सल्यानको खलंगमा आयोजना गरेको जलाधार तथा उपजलाधार प्राथमिकरण र आगामी नीति कार्यक्रम विषयमा आयोजित अन्तरक्रियामा उहाँले यस्तो बताउनुभएको हो ।
कर्णाली प्रदेश सभाका सदस्य गुलाब जंग शाहले जलवायु परिवर्तनका कारण सल्यान जिल्लामापनि भू–स्खललगायतका समस्या देखिएकोले न्यूनिकरण योजनावद्ध भएर लाग्नु पर्ने बताउनुभयो ।
जिल्ला समन्वय समिति सल्यानका संयोजक केशवहादुर विष्ठले सल्यान जिल्लाका सबै पालिका रहेका भू तथा जलाधार क्षेत्रमा गर्नुपर्ने कार्यको योजना निर्माण गरेर लाग्नु पर्ने बताउनुभयो ।
कार्यक्रममा जिल्लाका सवै स्थानीय तहका जनप्रतिनीधि, कर्मचारी र विषयगत कार्यालयका प्रमुख प्रतिनीधिको सहभागिता रहेको कार्यक्रममा वरिष्ठ जलाधार ब्यवस्थापन अधिकृत शेरवहादुर श्रेष्ठले भू तथा जलाधार क्षेत्रका गरिने कृयाकलाप र राज्यका तिन तह र विभिन्न सरोकारवालाले पुरा गर्नु पर्ने दायित्व, भूगर्भ विद डा. प्रदीप पौडेलले सल्यान जिल्लाका जलवायुजन्य जोखिम र कारण विषयक कार्यपत्र प्रस्तुत गर्नुभयो ।
त्यस्तै भू सूचना विज्ञ निरज तिमिलसनाले सल्यान जिल्लामा जलाधार क्षेत्रहरुको विभाजन र विशेषता, जलाधार विज्ञ रविन वोगटीले जलाधार ब्यवस्थापनका उपायहरु, भबानी प्रसाद खरेलले स्थानीय तहको भूमिका विषयमा प्रस्तुति गर्नुभएको हो ।
कार्यक्रममा सहभागि स्थानीय तहका जनप्रतिनीधि र प्रशासकीय प्रमुखले आगामी वर्ष भू तथा जलाधार ब्यवस्थापन कार्यालयमार्फत गरिने नीति योजना र कार्यक्रम बारे आ–आफ्ना धारणा राखेका थिए ।







