४५ प्रतिशत छुट दिने दन्त उपचार केन्द्र उद्घाटन

सुर्खेत, २९ फागुन ।
अत्याधुनिक दन्त उपचार केन्द्र वीरेन्द्रनगरमा एक कार्यक्रमवीच उद्घाटन गरिएको छ । ॐ कर्णाली डेण्टल क्लिनिक वीरेन्द्रनगर–६, बिचबजार, सुर्खेतमा सञ्चालनमा आएको छ ।
कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवन बहादुर शाही र उधोग, पर्यटन, वन तथा वातावरण मन्त्री छिरिङ्ग डम्दुल लामा (कार्जेन) द्धयले संयुक्त रुपमा उद्घाटन गर्नुभएको हो ।
उद्घाटन गर्दै मुख्यमन्त्री शाहीले युवाहरु आफ्नै क्षेत्र, गाउँमा नयाँ व्यवसायको अवसर सृजना गर्दै विदेश हैन स्वदेशमा स्वरोजगार बन्न आवश्यक रहेको बताउनुभयो ।
हुम्ला निवासी दन्त रोग विशेषज्ञ डा. विनोद कार्कीले आफ्नै लगानीमा सञ्चालनमा ल्याउनुएको डेण्टल क्लिनिकले दन्त उपचारमा पहिलो ६ महिनाका लागि ४५ प्रतिशतसम्म छुट दिने घोषणा गर्नुभएको छ ।
काठमाडौंका विभिन्न अस्पताल र क्लिनिकहरुमा अनुभव बटुल्नुभएका डा. कार्कीले आफ्नै प्रदेशमा केही गरौं भन्ने अभिप्रेरणाले सुर्खेतमा नाफा भन्दापनि सेवा गर्न आएको बताउनुभएको छ ।
क्लिनिकबाट दन्त परिक्षण, दन्त परामर्श, दाँत तथा मुख सम्बन्धि विभिन्न सल्यक्रियाहरु, किराले खाएको दाँतलाई भर्ने, दाँतमा चाँदी, डायमण्ड र सेतो सिमेन्ट भर्ने, नसादेखि दाँत भर्ने र जराको संरक्षण गर्ने, आधुनिक मेशिनबाट दाँत सफा गरिने जनाइएको छ ।
त्यसैगरी दाँत तथा मुखसम्बन्धी सम्पूर्ण विधिका एक्सरे, सल्याक्रियाद्धारा दाँत नदुखाई फुकाल्ने, नक्कली दाँतहरु राख्ने, सल्यक्रियाद्धारा गिँजाको उपचार, दाँत सेतो पार्ने, दन्त सौन्दर्य उपचार, कृतिम दाँत राख्ने, बनाउने, किराले खाएको दाँत भर्ने सेवा दिइने जनाइएको छ ।










