सल्यानका सबै पालिकामा मदन भण्डारी स्पोर्टस एकेडेमी

सल्यान, २९ फागुन ।
सल्यानमा खेल क्षेत्रको विकास गर्न भन्दै मदन भण्डारी स्पोर्टस एकेडेमिले क्रियाकलापहरु अगाडी बढाएको छ । करातेका अन्तर्राष्ट्रिय रेफ्रि तथा मदन भण्डारी स्पोर्टस एकेडेमिका केन्द्रीय सदस्य चित्र राना संशारको सक्रियतामा भेला लगायतका क्रियाकलापहरु सञ्चालन गरिएको हो । अहिले सल्यानका दशवटै स्थानीय तहमा कमिटी गठनको कार्य चलिरहेको रानाले जनाए ।

यस क्रममा आइतबार जिल्लाको बागचौर नगरपालिकामा प्रेम प्रकाश मल्ल अध्यक्ष रहेको ३८ सदस्यीय मदन भण्डारी स्पोर्टस एकेडेमि गठन गरिएको छ ।

जसको उपाध्यक्षमा तुल्सिराम डाँगी, सचिवमा धनिराम घर्ती सुदिप, सहसचिवमा बिक्रम कराला डायमण्ड र कोषाअध्यक्षमा जानकी के सी रहेका छन् ।

भलिवल, कराते, फुटवल, एथलेटिक्स लगायतका खेल क्षेत्रबाट प्रतिनिधीत्व हुने गरी सदस्यहरु चयन भएको एकेडेमीका केन्द्रीय सदस्य रानाले जानकारी दिए ।

कार्यक्रममा नेकपा एमाले कर्णाली प्रदेश कमिटी सदस्य तिलक मल्ल, एमाले जिल्ला कमिटी सदस्य तथा बागचौर नगर कमिटी अध्यक्ष घनश्याम शर्मा, जिल्ला कमिटी सदस्य शारदा वली लगाएतले बोल्दै एकेडेमिले खेल क्षेत्रको विकास र प्रवद्र्धन संगै विभिन्न रचनात्मक कार्य गर्नुपर्नेमा जोड दिएका थिए ।

एकेडेमीका केन्द्रीय सदस्य रानाले एकेडेमीको उद्देश्यमाथी प्रकाश पार्दै जिल्लाका सबै स्थानीय तहमा कमिटी गठन गरिसकेर जिल्ला तथा प्रदेश स्तरिय कमिटी पनि गठन हुने र यसले विभिन्न विधाका खेलकुद प्रतियोगीताहरु आयोजना गर्ने जानकारी गराए । यस अघि सल्यानको कुमाख गाउँपालिका, शारदा नगरपालिकामा एकेडेमी गठन भइसकेको छ ।

सल्यानका सबै पालिकामा मदन भण्डारी स्पोर्टस एकेडेमी

प्राध्यापकको बृद्धि विकास दुई हप्ते प्रशिक्षण सुरु

सल्यानका सबै पालिकामा मदन भण्डारी स्पोर्टस एकेडेमी

४५ प्रतिशत छुट दिने दन्त उपचार केन्द्र

Leave a comment

Your email address will not be published. Required fields are marked *