प्राध्यापकको बृद्धि विकास दुई हप्ते प्रशिक्षण सुरु

सुर्खेत, २९ फागुन ।
मध्यपश्चिम विश्वविद्यालय स्कुल अफ मेनेजमेन्ट (मुसोम) को आयोजनामा प्राध्यापक बृद्धि विकास कार्यक्रम वीरेन्द्रनगरमा सुरु भएको छ ।
मध्यपश्चिम विश्वविद्यालय आंगिक क्याम्पसका प्राध्यापकहरुलाई लक्षित गरी आयोजना गरिएको हो ।
शिक्षण सिकाईका आधुनिक विधिहरु तथा अनुसन्धान र प्रकाशन बारे अभिमुखिकरण गर्न आयोजना गरिएको मुसोमका निर्देशक डा. सुशिल कुमार शाहीले जानकारी दिनुभएको छ ।
कार्यक्रमको उद्घाटन गर्दै मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा. नन्द बहादुर सिंहले विश्वविद्यालयमा शिक्षण सिकाई तथा अनुसन्धान दुवै कुरा संग संगै अघि बढाए गुणस्तरिय विश्वविद्यालय निर्माण हुने बताउनुभयो । मुसोमले जस्तै अन्य सङ्काय, क्याम्पसहरुले पनि यसलाई अनुकरण गर्नुपर्ने उहाँको भनाई थियो ।
स्नाकोत्तर अध्ययनका विभागिय प्रमुख मुकुन्द शर्माले सहभागिहरुलाई स्वागत तथा ऋषि खनालले कार्यक्रमको बारेमा प्रष्टयाउनुभएको थियो । कार्यक्रममा मुसोम तथा विभिन्न क्याम्पस प्रमुख तथा प्राध्यापकहरुको सहभागिता रहेको थियो ।
भर्चुअल विधिबाट सञ्चालन गरिने २ हप्ते कार्यक्रममा व्यवस्थापन विषय पढाई हुने आंगिक क्याम्पस तथा मुसामेका प्राध्यापक गरी जम्मा १८ जनाको सहभागिता रहेको छ ।
मुसोमका निर्देशक डा. सुशिल कुमार शाहीको अध्यक्षता एवं म.प.वि.वि. का उपकुलपति प्रा.डा. नन्द बहादुर सिंहको प्रमुख आतिथ्यतामा उद्घाटन गरिएको छ ।






