जाजरकोटको कुसेमा काँग्रेसकाे सभा

दिपेन्द्र शर्मा
नलगाड (जाजरकोट), २९ फागुन ।
जाजरकोट जिल्लाको कुसे गाउँपालिकामा नेपाली काँग्रेसको आमसभा सम्पन्न भएको छ । स्थानीय तहको निर्वाचन लक्षित गरेर आयोजना गरिएको आमसभामा विभिन्न पार्टी परित्याग गरी काँग्रेसमा प्रवेश गराइएको थियो ।
नेपाली काँग्रेस कुशे गाउँपालिका कार्यसमितिको आयोजनामा सम्पन्न भएको सभामा काँग्रेस जाजरकोटका सभापति बेदराज सिंहले आउँदो निर्वाचनमा काँग्रेस देशकै ठुलो शक्ति बन्ने दावि गर्नुभएको थियो । उहाँले भन्नुभयो ‘देशका ठुला ठुला परिवर्तनमा काँग्रेसले नै नेतृत्व गरेको छ । अव पनि काँग्रेसकै नेतृत्वमा देश समृद्धिको यात्रामा बढ्नेछ । गाउँ गाउँमा काँग्रेस प्रतिको जनविश्वास र जनलहर बढ्दो छ ।’
कुसे गाउँपालिकाको अगुवा कार्यकर्ता प्रशिक्षण तथा आमसभा कार्यक्रममा काँग्र्रेसको ठुलो लहर देखिएको छ । सोही अवसरमा नेकपा माओवादी परित्याग गरी पदम बहादुर शाही, पृथी बहादुर सिंह, रते नेपाली, लाल बहादुर खड्का, भद्र मल्ल, लाल बहादुर रोकाय, भावनी खड्का, माहुर खड्का, धनरुपा खड्का, रतन खड्का, तुल्छि रोकाय, हरिचन्द्र गौतम लगायतले प्रबेश गरेको पार्टी सभापति वेदराज सिंहले जानकारी दिनुभयो ।








