मावि कोटखोला मालारानीको तटबन्ध निर्माण सुरु

हुम बहादुर कार्की
मालारानी (सुर्खेत), २९ फागुन ।
सुर्खेत गुर्भाकोट नगरपालिका वडा नं. २ स्थित रहेको जनज्ञान भन्डार मा.बि. कोटखोला को तटबन्ध निर्माण कार्य शुरु भएको छ । सामाजिक बिकास मन्त्रालय प्रदेश शिक्षा निर्देशनालयको आर्थिक बिकास सहयोग र मावि कोटखोलाको समन्वयमा तटबन्ध निर्माण कार्य गरिएको हो ।

तटबन्ध निर्माणका लागि आ.ब. २०७८/७९ को बिपद् जोखिम ब्यबस्थापन परियोजनामार्फत ४० लाख रकम बिनियोजित भै जालीसहित को तटबन्ध गरी फिल्ड (चउर) फराकिलो गर्दै दक्षिण तर्फको बस्ती जोगाउने उद्देश्यले कार्य शुरु भएको बिब्यसका अध्यक्ष प्रकाश डिसीले बताउनु भएको छ ।

बिगत १४ बर्ष देखि तटबन्ध सुरु गरी सम्पन्न भएको काम बि.स. २०७८ असार १२ गतेको अविरल वर्षाका कारण भत्किएको थियो । सोही दिन २० मिटर उचाइ र ३० मिटर लम्बाइ जाली बिच भागबाट भत्किदा बिद्यालयलाई ठूलो नोक्सान हुन पुगेको अध्यक्ष डिसीले बताउनु भएको छ ।

उक्त्त तटबन्ध निर्माण गर्दा इस्टमेट अनुसार दिगो बिकास हुने गरी गर्नुपर्ने प्रदेश शिक्षा निर्देशनालयका इन्जिनियर हिमाल रावतले जानकारी दिनुभएको छ ।

यसैगरी वडा अध्यक्ष नोख बहादुर वलीले सुरुवातमा ध्यान नपुरयाउँदा बर्षौदेखि को मेहेनत दैबी प्रकोपका कारण भत्किने हुँदा यस पटक पुनः यस्तो कार्य नदोहोरिने गरी सबैको सल्लाह र सुझाब लिएर प्राबिधिक इस्टिमेट अनुसार गर्नुपर्ने बताउनु भएको छ ।

तटबन्ध निर्माण कार्य धमाधम सुरु भै रहेको छ उक्त्त कार्य बिद्यालय ब्यबस्थापन समितीमार्फत सञ्चालन भएको छ । यसैगरी यो चैत्र मसान्तसम्म तटबन्ध र को काम सम्पन्न गरी नयाँ सालदेखि यस बिद्यालयको खेल मैदान पूरा हुने हुँदा विद्यार्थी क्रियाकलाप गर्न सहज हुने प्रद्यानाध्यापक गङ्गा प्रसाद भट्ट ले जानकारी दिनुभएको छ ।

मावि कोटखोला मालारानीको तटबन्ध निर्माण सुरु

जाजरकोटको कुसेमा काँग्रेसकाे सभा

मावि कोटखोला मालारानीको तटबन्ध निर्माण सुरु

YUGAAWHAN NATIONAL DAILY (2078-11-26)

Leave a comment

Your email address will not be published. Required fields are marked *