भेरीगंगाका १३ वटै वडामा सार्बजनिक सुनुवाई

दिलिप ढकाल
गुर्भाकोट, २९ फागुन ।
कर्णाली प्रदेशको प्रवेशद्वारको रुपमा रहेको पूर्बि सुर्खेतको भेरीगंगा नगरपालिकाका १३ वटै वडामा सार्बजनिक सुनुवाई सम्पन्न भएको छ । यहि फागुन १५ गते देखि सुरु भएको सार्बजनिक सुनुवाई फागुन २६ गते सम्पन्न भएको हो ।
स्थानीय तहमा जनप्रतिनिधि निर्बाचित भएको ५ बर्षे कार्यकाल सकिनै लाग्दा तत्कालिन अवस्थामा जनता माझ गएर गरेका बाचा पार्टी तथा उम्मेदवारका घोषणापत्र–प्रतिवद्धता के कति पुरा भए ? के साँच्चीकै गाउँ–गाउँमा सिंहदरबार भने झैँ जनताले सहज रुपमा सेवा सुबिधा पाए कि पाएनन त । यी र यस्तै बिषय छलफल र बहस केन्द्रित सार्बजनिक सुनुवाई सम्पन्न भएको हो ।
वडामा आयोजित कार्यक्रममा सहभागीले वडाभित्र सडक, खानेपानी, सिँचाई र विद्युत विस्तारका समस्या र ढिलासुस्तीका विषयमा सवाल गरेका थिए ।
नगरपालिकाको आयोजना, न्यू प्लान संस्थाको सहजिकरण र रेडियो बिजी एफएमको व्यवस्थापनमा सम्पन्न सार्वजनिक सुनुवाईमा सहभागीले जनप्रतिनिधीले अपेक्षा अनुसारमा वडामा विकास गर्न नसेको गुनासो गरेका छन् ।
वडाबासीको सवालको जवाफ दिँदै वडा अध्यक्षहरुहरुले चालु बर्षका खर्च हुन नसकेका बजेट तथा योजना चैत महिनाभित्र सम्झौता सकेर बैशाखभित्र सम्पन्न गर्ने प्रतिबद्धता जनाउनु भएको थियो । प्रत्येक वडामा आयोजित सार्वजनिक सुनुवाई ६० बढी वडाका सेवाग्राही र सरोकार निकायको सहभागीता रहेको थियो ।









