युवा तथा महिलाहरुको आक्रर्षण एमालेमा भएको दावी

वसन्त कुमार शर्मा
त्रिबेणी (सल्यान), २९ फागुन ।
नेपाल कम्युनिस्ट पार्टी (एमाले) निकट युवा तथा महिलाहरुको भेला त्रिवेणी गाउँपालिका सल्यानमा शनिबार सम्पन्न भएको छ । राष्ट्रिय युवा संगठन नेपाल र अखिल महिला संघ (अनेम संघ) त्रिबेणी गाउँपालिका स्तरीय भेला सम्पन्न भएको हो ।
नेकपा एमाले पोलिटव्यूरो सदस्य तथा कर्णाली प्रदेश सभा सदस्य गुलावजंग शाहले एमाले पार्टीप्रति जेष्ठ नागरिकका साथै युवा तथा महिलाहरुको आक्रर्षण बढ्दै गएको बताउनुभयो । ‘जेष्ठ नागरिक, युवा तथा महिला र समाज पछाडी परेका सबै वर्ग क्षेत्रका नागरिकको अधिकारका लागि काम पर्ने एमाले नै हो’ उहाँले भन्नुभयो ।
भेलामा बोल्दै महिला दिदीबहिनीको भावनाको कदर गर्दै आगामी दिनमा हाम्रो पार्टी सधैं सकारात्मक दिशातर्फ अगाडी बढ्ने बताउनुभयो । उहाँले कोहि पनि महिला आफ्नो हक अधिकार पाउनबाट पछि हट्नु पर्ने अवस्था नआउने यहाँहरुको सक्रिय सहभागीता भएको पाउँदा खुशी हुनुका साथै जुन सुकै पालिका जाँदा पनि युवा तथा महिला साथीहरूको पार्टी प्रबेशको लहर देख्दा गर्ब लाग्ने बताउनुभयो ।
अखिल महिला संघका नेता कुन्ता योगीले महिला दिदीबहिनी अब चुप लागेर घरायसी चुलो चौकोमा मात्र बसेर हाम्रो जिबनस्तर माथी न उठ्ने त्यही भएर अब हामी पनि अधिकार प्राप्तिको लागि संघर्ष गर्नु पर्ने बताउनुभयो ।
सोही अवसरमा नेकपा माओवादी केन्द्र पार्टी त्याग्ने पवन बुढाथोकी, राकेश बुढाथोकी, तेजबहादुर बुढाथोकी त्यस्तै नेपाली काँग्रेसबाट पार्टी परित्याग गर्ने रोशन केशीले एमाले पार्टीमा प्रवेश गरेको बताउनुभयो ।
राष्ट्रिय युवा संघ नेपाल त्रिबेणी गाउँपालिकाको प्रथम अधिबेशनबाट दिपक थापाको अध्यक्षता ४१ सदस्य गठन संगै अखिल महिला सघ त्रीबेनी गाउँपालिकाको गाउँकमिटी साबित्रा पुनको अध्यक्षतामा २१ सदस्य गाउँ गाउँ कमिटी गठ्न सम्पन्न भएको छ ।
निर्बिरोध निर्वाचित गाउँ कमिटीलाई सम्पुर्णलाई हार्दिक बधाई साथै काम गर्ने जोस जागर साथ अगाडि बढ्ने शुभकामना प्रबिन घर्तीले दिनु भएको छ । त्यस्तै यो कार्यक्रम भब्य र सोचे भन्दा राम्रो भएको भन्दै सम्पुर्ण टिमलाई बधाई साथै शुभकामना कार्यक्रमका सन्चालक डिल्लराज खड्का गर्नुभएको थियोे ।









