अन्तरपालिका स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधी सानीभेरीलाई

सुर्खेत,२६ कात्तिक ।

ठाँटिमेलाको अवसरमा ठाँटिबजार व्यवस्थापन समिति चिङ्गाड सुर्खेतद्वारा आयोजित अन्तरपालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता सम्पन्न भएको छ । भलिबल प्रतियोगिताको उपाधी सानीभेरी गाउँपालिका रुकुम पश्चिमले हात पारेको छ । सुर्खेतको सिम्ता गाउँपालिकालाई ३ – ० को सोझो सेटमा हराउँदै हात पार्न सफल भएको हो ।

प्रथम : सानीभेरी गाउँपालिका रुकुम पश्चिम नगद रु. १,००,०००÷– ट्रफी÷मेडल, द्वितीय :  सिम्ता गाउँपालिका, सुर्खेत ( नगद रु. ७०,०००÷– ट्रफी÷ मेडल ,तृतीय : लेकबेशी नगरपालिका, सुर्खेत   नगद रु. ५०,०००÷ ट्रफी तथा मेडल, पाउन सफल भएका हुन् ।

यस्तै उत्कृष्ट तर्फ, खेलाडी :  नविन वली, सानीभेरी, रुकुम पश्चिम , स्पाइकर – गगन के.सी सिम्ता, सुर्खेत सेटर ललित परियार सिम्ता, सुर्खेत
ब्लकर – शैलेन्द्र शाहि, लेकबेशी, सुर्खेत ,उत्कृष्ट डिफेन्स – मनोज बुढा,सानीभेरी, रुकुम पश्चिम बाट भएका छन् ।कात्तिक २३ गतेदेखि सञ्चालन भएको प्रतियोगितामा १६ टिमको सहभागीता रहेको थियो ।

अन्तरपालिका स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधी सानीभेरीलाई

जाजरकोटमा नमुना मतदान

अन्तरपालिका स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधी सानीभेरीलाई

लिमीमा चौरी गाईको सङ्ख्या वृद्धि

Leave a comment

Your email address will not be published. Required fields are marked *