फुर्सदिला भए प्रदेश सरकारका मन्त्री : ‘मन्त्रालयमा काम छैन्, बाहिर आचारसंहिताको डर’

पुनम वि.सी.
सुर्खेत,२६ कात्तिक ।
अघिल्ला चुनावहरुमा  आफनो  पार्टीका उम्मेदवारहरुका पक्षमा माहौल बनाउन र मत माग्न मन्त्रीहरु हेलिकोप्टर समेतको प्रयोग गरेर देश दौडाहमा निस्कने गर्थे । मन्त्रीको बेग्लै तुजुक हुने भएकाले कतिपय उम्मेदवार हरुले भनपनि आफनो चुनावी अभियानको रौनक बढाउन पदासिन मन्त्रीलाई ‘स्टार क्याम्पेनर’का रुपमा आफनो निर्वाचन क्षेत्रमा वक्ताका रुपमा बोलाउने पनि गर्थे ।

यसपालीको चुनावमा भने निर्वाचन आचारसंहिताले बहालवाला मन्त्रीले  उम्मेदवार भएको अवस्थामा बाहेक आप्नै  पार्टीका भएपनि अर्को उम्मेदवारका लागि मत माग्न पाउने मात्र हैन चुनावी कार्यक्रममा सहभागी समेत हुन नपाउने गरी परिवन्दमा पारेको छ । उम्मेद्वार रहेका मन्त्रीहरु भने आफ्ना निर्वाचन क्षेत्रमा चुनावी गतिविधिमा सक्रिय भएपनि चुनावी प्रतिष्पर्धामा रहेका मन्त्रीहरु न त जिल्ला जान सकेका छन्, न चुनावी अभियानमा सरिक हुन सकेका छन् ।

त्यहिमाथि निर्वाचन आचारसंहिताकै कारण मन्त्रालयकाका धेरैजसो काम समेत गर्न नपाउने भएपछि उनीहरु निकै फुर्सदिला बनेका छन । नीतिगत निर्णय गर्न नपाउने भएपछिा दैनिकजसो मन्त्रालय पुगेपनि मन्त्रीहरु कामविहिन् झै भएका छन् । कर्णालीका आठ मन्त्रालयमध्ये अहिले आफ् नो कार्यकक्षमै बसेर कामकाज गर्ने मन्त्री हुन, रातो कामी ।

निर्वाचनका समयमा प्रदेशको जलस्रोत तथा उर्जा विकास मन्त्रालय सम्हालेका नेकपा (माओवादी केन्द्र) का नेतासमेत रहेका कामीको निर्वाचन क्षेत्र रुकुम पश्चिम–१ भएपनि उनी प्रदेश राजधानी वीरेन्द्रनगरमै छन् । माओवादीले प्रदेश सरकारमा सहभागी आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्ट र जल, स्रोत तथा उर्जा विकास मन्त्री गणेशप्रसाद सिंहलाई फिर्ता बोलाएपछि आर्थिक मामिला तथा योजना मन्त्रीमा कृष्णा शाह र जलस्रोत तथा उर्जा विकास मन्त्रीमा रातो कामीलाई मुख्यमन्त्रीले नियुक्त गरेका थिए ।

आर्थिक वर्ष २०७९÷०८० को लागि बजेटसमेत आईरहेका बेला कामी जलस्रोत तथा उर्जा विकास मन्त्रालयको मन्त्रीका रुपमा नियुक्त भए । भदौको १३ गते नियुक्त भएका उनीसँग मन्त्रालयमा रहन तीन महिनाको समय मात्र थियो ।यसबीच उनले आफ्नो तीन महिने कार्यकालमा दुईवटा विषयलाई मुख्य केन्द्रमा राखेर काम गरेको बताए । ‘खानेपानी स्वच्छता सम्बन्धि र राष्ट्रिय निकञ्जमा विद्युत प्रसारण लाइन विस्तारका लागि आवश्यक जग्गामा विषयमा समन्वय गरे, उनले भने, अहिले आचारसंहिताका कारण अन्य कुनै निर्णय गर्न सकिएको छैन ।

मन्त्रालय चलाउँदै कर्मचारी

मन्त्रीहरुको काम भनेकै नीतिगत निर्णय हो । निर्वाचन आचारसंहिताका कारण अहिले मन्त्रीहरुले नितिगत निर्णय गर्न पाउँदैनन् । अन्य कामहरु मन्त्रालयका सचिवलगायतका कर्मचारीले निर्णय गर्न सक्छन् । दूरगामी प्रभावपार्ने खालका नीतिगत निर्णय गर्ने मन्त्री कोहि प्रचारमा त कोहि आचारसंहितामा बाँधिएपछि दैनिक भैपरी आउने प्रशासनिक काम कारवाही भने कर्मचारी संयन्त्रबाट हुँदै आएको छ । ‘

आफै उम्मेदवार भएकाले मुख्यमन्त्री र केही मन्त्रीहरू गाउँतिर व्यस्त हुनुहुन्छ,’ प्रदेश सरकारका निमित्त प्रमुख सचिव प्रेमप्रसाद आचार्यले भने ‘ आवश्यक कुराहरूमा उहाँहरूकै नीतिगत निर्देशनहरू नै कार्यान्वयन भइरहेका छन् ।’ विगतमा भएका ऐन, कानुनकै जगमा टेकेर प्रशासनिक संयन्त्रबाट हुने कामहरू भइरहेको बताउँदै उने उनले मन्त्रालयबाट दैनिक हुने कुनै पनि काम कारबाही नरोकिएको जानकारी दिए ।

‘कतिपय नीति निर्माण पनि यो समयभित्र गर्न नपाइने भनिएको छ,’ उनले भने, ‘कतिपय प्रशासनिक संयन्त्रले गर्नै नमिल्ने तर गर्नैपर्ने बाध्यतामुलक कामहरू भने फोन सम्पर्कबाट पनि हुन्छन् ।’ यसैगरी भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयका सचिव प्रेमदत्त भट्ट गर्नैपर्ने कामहरु सबै यसअघि नै मन्त्रीबाट भइसकेकाले कुनै अप्ठ्यारो नपर्ने बताउँदै आपूmहरुले दैनिक गर्ने प्रशासनिक काम गरिरहेको उल्लेख गरे ।

गत असोजमा कर्णालीक विभिन्न जिल्लामा आएको बाढीपहिरोका कारण क्षति भएका भौतिक संरचनाहरूको तथ्यांक संकलनको कामहरू भइरहेको जानकारी दिंदै सबै विवरण संकलन भएपछि आवश्यक्ता अनुसार बजेट विनियोजनको काम हुने बताए । आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव दिनेश सागर भुसाललेपनि मन्त्री नभएकै कारण मन्त्रालयको काम कारबाहीमा कुनै समस्या नभएको बताउँदै नीतिगत निर्णयबाहेकका काम आपूmहरुले नै गर्दै आएको जानकारी दिए ।

कहाँ छन् मन्त्रिहरु

मुख्यमन्त्री जीवनबहादुर शाही, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री वीरबहादुर शाही, भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री पदमबहादुर रोकाया उम्मेदवार भएकै कारण आफनो निर्वाचन क्षेत्रमा मत माग्नमै व्यस्त छन । वहालवाला मुख्यमन्त्री शाही हुम्ला (ख) बाट प्रदेशसभा सदस्य पदमा उम्मेद्वार छन् ।

भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री पदमबहादुर रोकाया नेकपा एकीकृत समाजवादीबाट जुम्ला (ख) बाट प्रदेशसभा सदस्य पदका उम्मेदवार छन् । उद्योग मन्त्री वीरबहादुर शाही पनि डोल्पा (ख) बाट पुनः प्रदेशसभा सदस्यमा चुनावी प्रतिस्पर्धा गरिरहेका छन् । सामाजिक विकास मन्त्री यज्ञबहादुर वीसी गत सोमबारदेखि मन्त्रालय फर्किएका छन् ।

सुर्खेतको पश्चिमस्थित घर गएका बेला निर्वाचन कार्यक्रममा सहभागी भएको आरोप खेपेका मन्त्रीको वीसीको पूरै दिन अहिले मन्त्रालयमा बित्ने गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्री कृष्णा शाहले आफ् नो छोराको उपचारको लागि काठमाडौं गएको बताउँदै केहि दिनमै फर्कने योजना रहेको जानकारी दिइन । भूमि, व्यवस्था, कृषि तथा सहकारी विकास मन्त्री चन्द्रबहादुर शाही यसअघि हुम्ला पुगेका थिए । आन्तरिक मामिला तथा कानुन मन्त्री हिमबहादुर शाही मंगलबारदेखि मात्र मन्त्रालय आउने गरेका छन् ।

फुर्सदिला भए प्रदेश सरकारका मन्त्री :  ‘मन्त्रालयमा काम छैन्, बाहिर आचारसंहिताको डर’

ब्राण्ड स्टोरी : कर्णालीलाई च्याउ चखाउने ‘ईमान’

फुर्सदिला भए प्रदेश सरकारका मन्त्री :  ‘मन्त्रालयमा काम छैन्, बाहिर आचारसंहिताको डर’

नेपथ्यबाट : उपेक्षामा कमरेड ‘विदुर’

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!